Logo

Student Corner

सन्दुक रुइत

Written by: Aashrab Khanal - 2021006, Grade X

Posted on: 26 February, 2020

सन्दुक रुइतकाे जन्म वि.सं. २०११ भदाै १९ गते ताप्लेजुङ जिल्लाकाे ओलाङ्चुङ्गाेला भन्ने गाउँमा जन्म भएकाे थियाे ।  उनका पिताकाे नाम साेनाम रूइत र आमाकाे नाम केसाङ रूइत हाे । सन्दुककाे अर्थ आकाशमा गड्याङ्गुडुङ् गर्ने सर्प हाे । जसले पानी पार्न मद्दत गर्छ र हरियाली ल्याउँछ । उनका पूर्खा तिब्वतकाे रुइत क्षेत्रबाट ५०० वर्ष अगाडि नेपालमा बसाई सरेका थिए । त्यसरी उनकाे थर रुइत भयाे । सन्दुक रुइतकाे बाल्यकाल ओलाङ्चुङ्गाेलाकाे सुन्दर प्रकृतिकाे काखमा बित्याे । गाउँ विकट भएकाेले सन्दुक दार्जिलिङ पढ्न गए। त्यसपछि उनले सिद्धार्थ वनस्थलीमा अध्ययन गर्न थाले । त्यहा कलेजबाट आइ.एस्. सी. पास गरे । रुइतले लखनऊस्थित किङ्गस् जर्ज कलेजबाट एमबिबिएस पास गरे । सन्दुक रुइतले इन्ट्राओकुलर लेन्स  बनाए र रूइतेक्टाेमी पनि सुरु गरे । उनकाे अमूल्य याेगदानकाे कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रदीप पदकले सम्मानित गर्‍याे ।