Logo

Student Corner

“मुस्ताङ भ्रमण”

Written by: Pusparaj Dhungana - 24058, Grade XI

Posted on: 22 November, 2022

केही वर्ष अघि म मुस्ताङ भ्रमण गर्न गएको थिएँ ।  त्यहाँको बाटो एकदम नराम्रो र डर लाग्दो थियो । मुस्ताङ पुग्न धेरै पहाडहरू कटेर जानुपर्थ्याे । हामी पोखरा बाग्लुङ हुँदै मुस्ताङ गएका थियाैँ ।  त्यहाँको बाटोमा धेरै धुलो धुँवा थियो ।  म्याग्दीकाे सीमा पार नगरुन्जेल बाटाेकाे अवस्था राम्राे थिएन । जब मुस्ताङ सुरु भयाे त्यसपछि त्यहाँको बाटो राम्रो थियो । 
पाेखराबाट हिँडेपछि हामी बेलुकाको खाना खाएर हामी तातोपानी भन्ने ठाउँमा बस्याैँ ।  ताताे पानीमा तातो पानीकाे पाेखरी थियाे । जसमा ताताे पानी आउँथ्यो ।  हामी सबै जना त्यहाँ  गयाैँ । अनि त्यहाँको त्यो तातो पानीमा नुहायाैँ । अनि हामी मुस्ताङतिर लाग्याैँ । मुस्ताङको चिसाे हावा र त्यो त्यहाँको टुप्पोबाट देखिने दृश्य मनमाेहक थियाे ।  मुस्ताङ स्याउ विशेष खालकाे थियाे । त्यहाँकाे मार्फा रक्सी पनि एकदम प्रसिद्ध रहेछ ।  
मुस्ताङमा धेरै जाडो थियो किनभने त्यहाँ नजिकै हिमाल थियो । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथकाे एउटा मन्दिर रहेछ ।  त्यो मन्दिरमा १०८ ओत धाराहरू पनि रहेछन् ।  मुस्ताङमा मिठो मासु पनि खान पाइने रहेछ । मुस्ताङमा धेरै जसाे विदेशी पर्यटकहरू साइकल चलाएर आएका थिए।  त्यहाँको वातावरण राम्रो थियो ।  हामी मुस्ताङमा २ -३ दिन जति बस्याैँ ।  त्यहाँ धेरै बस्दा र घुम्दा धेरै रमाइलाे भएको थियो । त्यहाँको चिसाे माैसममा तातो चियाको त मजा नै बेग्लै  त्यहाँका मानिसहरू पनि एकदम राम्रा थिए । पहिलो दिन हामी मुस्ताङ पुगेर होटेलमा बस्याैँ । अनि त्यहाँ दर्शन गरेर १०८ धारामा नुहायाैँ । अनि खाना खाएपछि त्यहाँका अरू ठाउँहरू घुम्याैँ । हामी सबै जना त्यहाँ दिनभरि थरि थरि ठाउँमा घुम्याैँ । अनि त्यहाँका घरहरू काठमाडौँको जस्ता थिएनन् । त्यहाँका घरहरू माटाका थिए। त्यहाँका मानिसहरू आगोमा खाना बनाउँथे । त्यहाँक मान्छेहरू एकदम फुर्तिला । तेस्रो दिन हामी सबै जनाले मुस्ताङ भ्रमण गरिसकेका थियाैँ । हामी सबै जनाले आ-आफ्नो समानहरू मिलायाैँ र  सबै जना पोखरामा बास बसेर काठमाडौँ फर्कियाैँ ।