Logo

Student Corner

अवहेलना र असर

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 22 November, 2022

अवहेलनालाई विभिन्न तरिकाबाट बुझ्न सक्छाैँ । हेय, हेला, हेपाइ, हाेच्याइने प्रवृति, तिरस्कार, वहिस्कार आदि शब्दहरू पनि अवहेलनाकाे अर्थसँग नजिक रहन्छन् ।  अवहेलना वा हेला व्यक्ति, परिवार, समाज तथा राज्यका निकायमा पनि देख्न सक्छाैँ । यसबाट सिर्जित घटना विद्यालय, कार्यालय, विभिन्न सङ्घसंस्थाहरूमा असन्तुष्टिका रूपमा आएका हुन्छन् । यी कुराहरू समाजमा बढी हुने गरेकाे पनि पाइन्छ । जात, धर्म, लिङ्ग, वर्ग, भाषा, भूगाेल, संस्कार, क्षेत्र आदिका आधारमा हुने विभेदले गर्दा अवहेलना तथा हेपाइकाे सिकार हुनुपरेकाे छ । समाजमा एकै स्वभावका मानिसकाे बसाेबास हुँदैन । सबैले सबैकाे संस्कारलाई स्वीकार गर्ने, सम्मान गर्ने, विविधतालाई सुन्दर पक्ष हाे भन्ने ठान्ने, त्यसकाे संरक्षरणमा लाग्ने स्वभाव हुँदैन । धेरैकाे मनमा याे पनि महसुस हुँदैन कि मैले बाेल्दा, नराम्राे व्यवहार गर्दा, हेयका भावनाले हेर्दा, जिस्किएर हाेच्याएर बाेल्दा आदि जस्ता विषयले कसैकाे जीवनमा ठुलाे चाेट पुगेकाे हुन्छ । यसरी कसैकाे बाेली, शरीर, स्वास्थ्य, घरव्यवहार, व्यक्तिगत जीवनमा आँच आउने कुरा तथा व्यवहारले  गम्भीर समस्या निम्त्याउन सक्छ । कुनै पनि व्यक्तिले कसैकाे धाकधम्की, डरत्रास सधैँ स्वीकार गर्न सक्दैन । कि आफूलाई नै सिध्याउन खाेज्छ कि त्यसको विरुद्धमा लाग्न खाेज्छ । हेला वा दादागिरी भनेको कसैको जीवनमाथि अन्याय गर्नु हो र यसले अवहेलनामा परेकाहरूको मानसिक र शारीरिक स्वास्थ्यमा हानि पुर्‍याउँछ। यसले हाम्रो भावी पुस्तालाई समेत ठुलो नोक्सान पुर्‍याउने गर्छ ।  हामीले एकपटक भावी पुस्ताको बारेमा पनि सोच्नुपर्छ । अस्वाभाविक व्यवहारका कारण बालबालिकाले आत्महत्याकाे अवस्थासम्म पुगेका घटना जताततै सुनिन्छन् । यस्ताे किसिमकाे सामाजिक व्यवहारले आफैँमा असुरक्षाकाे महसुस गराउने छ । त्यस्तै उनीहरूमा मानसिकरूपमा समेत विचलन सिर्जना हुने कार्य गर्दछ ।  
पारिवारिक तवरबाट हाेस्, साथीकाे सङ्गतमा हाेस्, विद्यालयबाट हाेस् अझ भनाै सामाजिकरूपमा पनि बालबालिकाहरू यसको सिकार भएका उदाहरण जताततै भेटिन्छन् । त्यसको प्रभाव विभिन्न आधारबाट भेट्न सक्छाैँ । जसमा केही शारीरिक तथा मानसिक प्रभावहरू रहेका छन्, जस्तै: अनिद्रा, आत्महत्या प्रयास, हिंसात्मक व्यवहार, एक्लाेपन आदिमा यस्ता रूपहरू फेला पर्न सक्छन् । यसले गर्दा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यलाई हानि पुर्‍याउँछ। यसले हाम्रो भावी पुस्तालाई ठुलो नोक्सान पुर्‍याउने छ । हामीले एकपटक हाम्रा भावी पुस्ताको बारेमा पनि सोच्नुपर्छ ।  हेलाका कारण बालबालिकाले आत्महत्या गरेका छन् । आत्मसुरक्षा हुनुपर्ने अवस्था, कमजाेर मनाेबल आफैँमा आउने गर्छ । जुन बालबालिकाहरू यसको सिकार भएका छन् ।  हामीले यी र यस्ता किसिमका व्यवहार कहिल्यै प्रयास पनि गर्नु हुँदैन र यस्ता अस्वभाविक कार्य कतै भए गरेका छन् भने पनि तत्काल नियन्त्रण गर्नुपर्छ । जसले गर्दा मानिसहरूको जीवन र हाम्रा भावी पुस्ताहरूलाई पनि क्षति हुनबाट सहयाेग पुर्‍याउँछ। जुन गलत व्यवहारले आफूलाई पर्दा कस्ताे हुन्छ भन्ने कुराकाे हेक्का राख्नुपर्छ ।  समाजमा मानिसलाई अवहेलना वा तिरस्कारले हाेइन सहयाेग सद्भाव र भाइचाराकाे भावनाले सम्मान गर्न सिकाैँ ।