Logo

Student Corner

‘रोल नम्बर एक’ पुस्तककाे कथावस्तु

Written by: Bisu Maharjan - 28003, Grade VII

Posted on: 22 November, 2022

‘रोल नम्बर एक’ पुस्तक लेखक राधा पौडेलकाे बाल्यकालीन संस्मरण हाे । यस पुस्तकककाे प्रकाशक साङ्ग्रिला पुस्तक प्रा.लि. हाे । यस पुस्तककी प्रमुख पात्र राधा हुन् । यसमा उनले बाल्यबालमा गरेकाे सङ्घर्षकाे वर्णन गरिएकाे छ ।

राधा एउटी गाउँघरमा हुर्केकी केटी हुन् । राधालाई सानैदेखि काम गर्न धेरै मनपर्थ्याे  । उनी कहिलेकाही घर त कहिले विद्यालयका कामहरूमा व्यस्त हुन्थिन् । उनका आमा बुबा र दिदीहरू सधैैँ वर्षमा एक पटक घरधनीहरूकोमा धान रोप्न जाने गर्दथे । पहिलाका वर्षहरूमा उनी सानी भएकीले उनलाई लाने गरेको थिएन तर यसपाली भने उनी पनि आमासँगै गइन् । यसै कारणले गर्दा पैसा पनि अरूलाई भन्दा कम दिइयो । जसले गर्दा उनी दुखी भइन् ।
काम गर्दा कहिलेकाहीँ घरधनीहरू पनि काम कस्तो भइरहेको छ भनी हेर्न आउने गर्दथे । त्यसबेला भने हात छिटोछिटो चलाएर काम गर्ने रहेछ जुनबेला घरधनीहरूलाई उनी चिन्दिन थिइन् । यही भएर जब उसका दाजु दाजु भाउजु र दिदीहरूले छिटो छिटो हात चलाउन सुरु गर्दथे ।  त्यतिबेला राधाले पनि छिटो काम गर्न थालिन् । उनको गाउँमा पहिलेदेखि जङ्गलमा गएर छोरी बुहारीहरूले जाडो महिनामा रुख दाउरा ल्याउने चलन चलिआएको थियो । जसअनुसार उनी पनि आफ्नो दिदी भाउजुसँगै बिहानै दाउरा लिन पुग्थिन् । जङ्गलमा रुख काट्न नपाइने नियम भएकोले पुलिस खाना खाजा खान गएको मौका पारेर मात्र जानुपर्दथ्यो । अझ उनले सुनेअनुसार यदि रुख काट्दा काट्दै पुलिसले समात्याे भने त हँसिया, डोको समेत लाने गरेको रहेछ । यही कारणले गर्दा ती रुखहरूले उनलाई चोर दाष ठहरिरहेको जस्तो पनि महसुस गर्दथिन् ।
उनलाइ अरू मन पर्ने खानेकुरामा कटुस  र ऐसेलु थियो ।  कुनै दिन रुख ढलेको बेला १ २ माना टिप्न पाएमा भाग्यमानी नै जस्तो लाग्दथ्यो  । राधालाई पढ्न र विद्यालयमा जान पनि धेरै मन पर्दथ्यो । उनी पहिले त प्रथम भएकी थिइन तर पछि भने राम्रो नतिजा ल्याउन सकिनन् जसले गर्दा दुखी भइन् । आमाले सम्झाईबुझाई गरेपछि  र धेरै मेहेनत गरेपछि राम्रो नतिजा ल्याउन सफल भइन । त्यसपछि भने उनी चितवनकै धेरै चर्चित र प्रसिद्ध विद्यालयमा पढ्न गइन् । जाहँका शिक्षकहरू कडा हुनुका साथै नियम पनि कडा थियो । यो विद्यालय भने सुविधा सम्पन्न थियो  । यत्तिकैमा उनले आफ्नो पुरानो विद्यालय सम्झिन् जहाँ शौचालय बनाउन कति मेहेनत गर्नुपरेको थियाे । शौचालय नहुँदा भोग्नुपरेको समस्या बल्लबल्ल बनाए पनि एउटा मात्र हुँदाको समस्या । त्यसपछि त्यो समस्या हटाउन बनाएको नयाँ शौचालय यी सब भोगाइहरू उनको दिमागमा घुमिरहेको थियो । 
राधाले आफ्नी दिदीका पुराना किताबहरू पढ्थिन् भने त्यसपछि भने छिमेकी भाइलाई दिइन् त्यो किताब पढेर छिमेकी भाइले त राम्रो नतिजा पनि ल्याएको थियो  । उनी एक मेहेनती छात्रा पनि थिइन्  जसले गर्दा हरेक कथाबाट पाएको ज्ञानलाई जीवनमा उर्तान कोसिस पनि गर्दथिन् साथै उनी एक इमान्दार केटी पनि थिइन जसको उदाहरण पसल जाँदा फिर्ता आएको पैसा फिर्ता दिन जानु हो ।  उनी आाफ्ना कुराहरू नलुकाउने खालकी मानिस पनि थिइन् जसले आफ्नो महिनावारीको कुरा पनि साथीमाझ राख्न सक्थिन् ।
समग्रमा यस किताबले हामीलाई राधा भन्ने पात्रमार्फत धेरै कुराहरू सिकाउन खोजेको छ र उनीबाट प्ररेणा लिन प्रेरित गरेको छ । जसले गर्दा मेहेनत गर्ने भएको सामानको राम्रो प्रयोगदेखि सेवा गर्न समेत प्रेरित गर्दछ ।