Logo

Student Corner

मन पर्ने खेल

Written by: Aryama bhattarai - 32027, Grade III

Posted on: 22 November, 2022

मेरो नाम आर्यमा भट्टराई हो । म सिफल स्कुलमा कक्षा ३ मा पढ्छु । मलाई मन पर्ने खेल लुकामारी हो । यो खेल जति जना साथीहरुसँग पनि खेल्न सकिन्छ । म यो खेल मेरो घरमा बस्‍ने रोजी तामाङसँग खेल्छु । मलाई यो खेल खेल्न रमाइलो लाग्छ । कहिले म लुक्छु रोजीले खोज्छिन् कहिले रोजी लुक्छिन्  म खोज्छु । कम्तीमा दुई जनासँग पनि खेल्न मिल्ने भएकोले मलाई यो खेल मन परेको हो ।