Logo

Student Corner

माया

Written by: Shubham Rimal - 23065, Grade XII

Posted on: 18 November, 2022

धेरै मान्छे भेटेको छु मैले
तिमी जस्तो देखेकाे छैन,
माया के हो जान्न खोजेँ  मैले,
भेटिनँ केही सत्य पहिले र अहिले।

साँच्चै  माया के पो रहेछ 
थाह नै नपाई मानिस किन 
अरूको  प्रेममा किन भुल्दाे रहेछ
मान्छे किन अरूकाे प्रेममा डुब्दाे रहेछ


एक्लै हिडेँ  म  उत्तर खोज्न
एक्लाे थिएँ म बेसाहारा जस्तै
तिमी मसँग भेटिएपछि
एक्लै हिँड्ने विचार मेटेँ।

सायद तिमीलाई उत्तर थाहा छ,
वा तिमी नै मेरी उत्तर हौ।
माया के हो खाेज्दाखाेज्दै,
आफ्नो आखाँमा मलाई डुबाउँदै छ्याै ।

तिमीसँग बिताएँका केही पल,
केही सम्झना र केही खुसी
म आजैबाट मेटाउँदै छु ।  
अब  तिम्राे जवाफ चाहिँदैन मलाई।
जान थाल्याै  एक्लै छोडेर तिमी
मायाको झिल्को  नफुकी जलाई।