Logo

Student Corner

ललिता र शिशिर

Written by: Samyam Rai - 29028, Grade VI

Posted on: 18 November, 2022

“छाेरी मान्छे अर्काकाे घर जाने जात किन विद्यालय पठाउनुपरेकाे हाेला ?” हजुरआमाले सधैँ यही कुराले घरमा गनगन गर्नुहुन्थ्याे । 
एउटा सहरमा शिशिर र ललिता भन्ने दाजु बहिनी थिए । शिशिर र ललिताको परिवारमा उनीहरूसहित उनका आमा, बुबा र हजुरआमा थिए । हजुरआमाको चाहिँ अलि पुरानो सोच थियो । शिशिर १० वर्षको थियो र ललिता ८ वर्षकी थिई । शिशिर विद्यालय जान लागेका बेला हजुरआमा खुसी भई पठाउनुहुन्थ्यो तर ललिता विद्यालय जान लागेको बेला हजुरआमाले उसलाइ हेर्दा पनि हेर्नुहुन्नथ्यो ।  विद्यालयबाट फर्केपछि शिशिरलाई मिठो मिठो खान दिनुहुन्थ्यो तर ललितालाई चाहीं घरको काम गर्न भन्नुहुन्थ्यो ।

शिशिर प्राय खेलेर र टि भि हेरेर समय बिताउँथ्यो भने ललिता फुर्सद हुनासाथ पढ्न थाल्थी । ललिता पढिरहेको समयमा हजुरआमाले भन्नुहुन्थ्याे, “उसलाई के पढ्याजस्तो नाटक गरेको, सफल हुने होइन ।”  ललिता पढीरहन्थी ।

केही समयपछि शिशिर र ललिताको परीक्षा हुने दिन आयो । दुवैजनाले परीक्षा दिए । परीक्षा पछि केही दिन विद्यालय छुट्टी भयो । केही दिनपछि विद्यालय खुल्ने र रिजल्ट हुने दिन आयो । दुवै जना विद्यालय गए । यता हजुरआमा चाहिँ शिशिरको लागि नयाँ किताब ल्याइदिनुभयो तर ललितालाई केही ल्याइदिनुभएन  ।

दाजु बहिनी विद्यालयबाट आए । घर आउनासाथ  शिशिरले आमा र हजुरआमालाई सोध्यो,  “मलाई के ल्याइदिनुभयो हजुरआमा”  “किताब ल्याइदेको छु” हजुरआमाले  भन्नुभयो ।  उनीहरूले नजिजा पनि हेरे । शिशिरले रिजल्ट फालेर रिसायो । ललिताले परीक्षामा A ल्याएकी थिइ । तर शिशिरले  E ल्याएको थियो । “तिमीहरूले कस्ताे रिजल्त ल्यायाै ? ” हजुरआमाले साेध्नुभयाे ।  दुबैजनाकाे जतिजा थाहा पाएपछि एकछिन हजुरआमा माैन हुनुभयाे । उहाँले आफूले गल्ती गरेकाे महसुस भयाे ।  हजुरआमाले आफ्नो गल्ती बुुझेर ललितासँग क्षमा माग्नुभयो । ललिता हाँसी हाँसी हजुरआमालाई माफ गरिन् ।