Logo

Student Corner

पुस्तक समीक्षाः साझा पृथ्वी

Written by: Radharani Sen - 31022, Grade IV

Posted on: 18 November, 2022

मलाई सबैजसो पुस्तकहरू पढ्न मन पर्छ । तीमध्ये मैले साझा पृथ्वी भन्ने पुस्तक पढेको थिएँ । यो पुस्तक मलाई निकै रमाइलो लाग्यो । यो एउटा नेपाली कथाहरूकाे सङ्ग्रह हाे । यस पुस्तकमा भएका कथाहरू रुख र जनावरहरूकाे चाेरी र सिकारी विषयवस्तुमा आधारित छ । यस कथामा हामीले जीवजन्तु र चराचुरुङ्गीहरूलाई मार्नु हुँदैन । उनीहरूलाई मार्नु भनेको अपराध गर्नु हो, भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । यस कथामा नयाँ नयाँ शब्दहरू पनि छन् । यसमा भएका कुनै  कथा पढ्दा रमाइला र हाँसो उठ्ने पनि छन् । यस पुस्तकभित्र दशवटा सन्देशमूलक कथाहरू छन् । मलाई यो पुस्तक पढ्न धेरै रमाइलो लाग्यो । यस पुस्तकभित्र नाै जना पात्रहरू छन् । यस पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठ हुनुहुन्छ । यस कथामा भीमबहादुरले जङ्गलबाट गैँडाको खाग ल्याउँछ । त्यसपछि तीन जना केटाहरूलाई त्यो खाग दिएर लुक्न जान्छ । पछि केटाहरूले हजुरबालाई साथ लिएर पुलिस थानामा जान्छन् । त्यसपछि पुलिसले चक्रबहादुर, भीमबहादुर र मुकुन्दलाई थानामा लिएर जान्छन् ।  यो कथा पढेर मलाई थाहा भयो कि हामीले जीवजन्तु र चराचुरुङ्गीहरूलाई मार्नु हुँदैन ।  यो  पृथ्वी सबैकाे साझा घर हो । यो पृथ्वीमा पशुपन्छी मानिस जनावर सबैको साझा अधिकार छ र सबैले बाँच्न पाउनुपर्छ ।