Logo

Student Corner

‘भेदभाव विहीन’

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 17 November, 2022

‘भेदभाव विहीन’ 
किन हुन्छ यस्ताे ? के कारणले हुन्छ,
राताे रगत उस्तै नसामा बग्नेहरूविच भेदभाव ?
भन्छन् नेपाललाई भेदभाव विहीन देश

तर,साँच्चै कस्ताे हाे याे देश ?
पुर्खाकाे पालादेखि नै 
विभाजन छ जात ठुलाे सानाे भनी 
मिल्छ भन्न ? यस्ताे देशलाई भेदभाव विहीन ?

धर्ममा,कर्ममा विभेद गरी मर्ममा चाेट 
र, भेषभूषा,भूगाेल अनि वर्णमा खाेट
सबै हामी नेपाली भन्ने बिर्सदा
भाइभाइकाे सम्बन्ध छुट्दा सदा

नदुखाेस् कसैकाे मन भेदभावमा पर्दा
एकताले बन्छ देश हातेमालाे गर्दा
मानिस सबमा बग्छ रातै,ताताे रगत
भेदभाव विहीन बनाऔँ याे सारा जगत