Logo

Student Corner

पर्यटन र नेपाल

Written by: Deena Thapa - 24019, Grade XI

Posted on: 17 November, 2022

क्षेत्रफलका आधारमा नेपाल विश्वका धेरै देशमध्ये एउटा सानो देश हो । नेपालको आर्थिक रूपमा पनि मध्यम स्तरकाे देश हाे भने आर्थिक रूपमा धेरै सम्भावना बाेकेकाे देश हाे । नेपालमा उद्याेग कलकारखानाकाे विकास खासै नभए पनि पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे देश हाे ।

नेपालमा बाहिरबाट धेरै समानहरू आयात गरिन्छ । खाद्यान्न, कपडा, गाडी र  माेबाइल लगायत अरू थुप्रै समानहरूका लागि हामी अरू देशमा भर पर्नु परेकाे छ । हाम्रो देशमा कुनै समुद्र छैन र समुद्रसँग जाेडिएकाे पनि छैन, त्यसैले हामीले सबै समान आयात गर्नका लागि छिमेकी मुलुककाे भर पर्नु पर्ने हुन्छ । जुन कुरा हाम्रा लागि एउटा बाध्यता नै हाे ।

हाम्रो देश नेपाल सुन्दरताकाे खानी हाे । हाम्राे देशलाई प्रकृतिले धेरै कुरा दिएकाे छ । विश्वका हिमालहरूमध्ये धेरै अग्ला हिमालहरू नेपालमै रहेका छन् । यी हिमालले नेपालकाे सुन्दरता बढाउने काम गरेका छन् । यस्तै यहाँका हरिया वनजङ्गल र सुन्दर पहाडले पर्यटककाे मन लाेभ्याएका छन् । नेपालका विभिन्न ताल खाेलानाला झरना आदि हेर्नका लागि बर्सेनि विदेशी पर्यटककाे भिड लाग्ने गर्छ । त्यसैले नेपाल पर्यटनकाे राम्राे सम्भावना बाेकेकाे मुलुक हाे । नेपालका विभिन्न कला संस्कृति र रहनसहनले पनि पर्यटककाे मन तान्छ र उनीहरूकाे राेजाइमा नेपाल घुम्नलायक ठाउँ बन्छ । हाम्रा प्राकृतिक सौन्दर्यले पर्यटकहरूका लागि प्रमुख आकर्षणको रूपमा काम गर्न सक्छन् ।
कतिपय विदेशीहरू पदयात्रा गर्न आउँछन् भने कतिपय पर्यटकहरू सगरमाथा आराेहणका लागि आउँछन् । यसरी पर्यटकहरू नेपालमा आउँदा नेपालकाे आर्थिक अवस्था पनि राम्राे हुन्छ । यसरी देशमा पर्यटनका क्षेत्रमा विकास र बिस्तार गर्दै लैजानुपर्छ । धेरै जसाे पर्यटनका क्षेत्रमा सुविधाकाे कमी छ । यातायात लगायत उनीहरूले खाेजेका सुविधा दिन सक्ने हाे भने नेपालमा पक्कै पनि पर्यटककाे सङ्ख्या बढ्छने छ र पर्यटकको वृद्धिले हाम्रो अर्थतन्त्रलाई बलियाे बनाउने छ।