Logo

Student Corner

मेरो जीवनी

Written by: Aarav Yadav - 28025, Grade VII

Posted on: 17 November, 2022

मेरो नाम आरव यादव हो । म २०६७ कात्तिकमा संयुक्त परिवारमा जन्मेको विराटनगरको भीडबाट अलि टाढा प्राकृतिक सौन्दर्य र विकासको संयोजनले भरिपूर्ण रमणीय आवासीय क्षेत्र छ, मेरा एक जना काका र काकी, एक ठुलाे बुबा र ठुली आमा  हुनुहुन्छ । मेरो बुबाको नाम राजेन्द्रप्रसाद यादव हो । मेरी आमाको नाम सुधा यादव हो । मेरो परिवारमा १३ जना सदस्यहरू छन् । मेरा ३ भाइ र १ बहिनी छन् । हाम्रो तीन सहरमा पारिवारिक व्यवसाय छ, मेरो बुबा र काका एउटै व्यवसायमा संलग्न हुनुहुन्छ । मेरा काकीहरू गृहिणी भएर घरकाे हेरचाह गर्नुहुन्छ ।  र मेरी आमा शिक्षिका हुनुहुन्छ। म ३ वर्षको उमेरमा जानकी माविमा पढ्न थालेँ । स्कूल मेरो घर नजिकै थियो।  म त्यहीँ विद्यालयबाट नर्सरी कक्षा पढेको थिएँ, त्यसरी नै पहिलो शब्द ‘ए’ पढ्ने मौका पाएपछि विराटनगरको सेन्ट जोसेफ उच्च माध्यमिक विद्यालयमा भर्ना भयो ।
प्रिन्सिपलको नाम एडोल्फ रोपाच थियो। मेरा दाजुभाइ पनि त्यही विद्यालयमा पढ्थे । हाम्रो घर स्कुलबाट ८ किलोमिटर टाढा थियो । हामी  बसबाटै  विद्यालय  जान्थ्याैँ ।  विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुन्थ्याे  । पौडी पोखरी,  पुस्तकालय, क्यान्टिन,  होस्टेल र ठुलो खेल मैदानको सुविधा थियो,  फुटबल, ब्याडमिन्टन आदि खेल्ने सुविधा थियाे । क्यान्टिन थियो तर खाना घरबाटै ल्याउनुपर्थ्याे  । त्यो स्कुलमा मेरा धेरै साथी थिए । त्यो विद्यालयमा ६ वर्षसम्म पढेपछि म ४ कक्षामा पढ्दा लकडाउन भयाे ।  कोरोना भाइरसका कारण लकडाउन भएको २ वर्षपछि स्कुल फेरि खुलेको अवस्थामा मैले क्रिकेट, फुटबल, ब्याडमिन्टनलगायत अन्य खेल खेलेको थिएँ । लकडाउन अवधिमा म स्कुल जान नसकेर पनि ल्यापटपबाट अनलाइन कक्षा गरेँ र अनलाइन कक्षा गर्दा इन्टरनेटबाट सिक्ने मौका पाएँ । त्यसै गरी  मैले घरमै बसेर आफ्ना विचार र रचनात्मकताको खोजी गर्ने मौका पाएँ । लकडाउनपछि फेरि स्कुल जाने मौका पाएँ । मैले मेरा सबै पुराना साथीहरू र शिक्षकहरूलाई भेटेँ। त्यस वर्षपछि मेरा बुबाले काठमाडौँमा आफ्नो पसलको नयाँ शाखा खोल्नुभएपछि म र मेरो परिवारले बसाँइ सर्‍याैँ । काठमाडौं आएपछि परिवार र घरबाट टाढिँदा पहिलो पटक एक्लो महसुस गरेँ, विराटनगरमा परिवार र साथीभाइसँग बस्थेँ, तर म  ती सबै गतिविधिहरू सम्झेँ । मेरो स्फूर्तिको लागि मेरा बुबाआमाले मलाई स्वम्भूनाथ, पासपुतीनाथ, चन्द्रागिरि पहाड र काठमाडौँका धेरै ठाउँहरूमा घुम्न लैजानुहुन्थ्यो। काठमाडौँमा हुँदा मैले मेरो पुरानो साथी गौरवलाई भेटेँ ।  जसले मसँग पुरानो विद्यालयमा पढेका थिए । उनको घर मेरो घर नजिकै थियो र उनी पनि मसँगै काठमाडौँको डियरवाक सिफल स्कुलमा पढ्थे । केही दिन काठमाडौँ बसेपछि डियरवाक सिफल स्कुल नामको नयाँ विद्यालयमा भर्ना भएँ । पहिलो दिन म नयाँ स्कुलमा गएँ । म अलिकति नर्भस भएँ किनभने यो मेरो लागि एकदम नयाँ ठाउँ र नयाँ विद्यालय थियो तर जब म स्कूलमा प्रवेश गरेँ ।  मैले मेरो पुरानो साथीलाई देखेँ जसले मलाई नयाँ वातावरणमा धेरै सहज बनाउँछ । धेरै नयाँ साथीहरू बनाएको थिएँ । मैले मेरा नयाँ साथीहरूसँग पहिलो दिन खेलेको यस विद्यालयमा धेरै भवनहरू छन् ।  यस विद्यालयमा कक्षा १ देखि स्नातकसम्मको सुविधा थियो । मेरो प्रिन्सिपलको नाम विजय श्रेष्ठ र मेरो कक्षा शिक्षकको नाम लक्ष्मण जरी हो उहाँ । कक्षा ७, ८, ९, १० मा सामाजिक विषय पढाउनुहुन्छ । विद्यालयमा स्विमिङ,  फुटबल,  बास्केटबल जस्ता धेरै क्लबहरू छन् ।  म स्विमिङ क्लबमा छु । मेरा तीनजना साथीहरू मसँगै एउटै क्लबमा छन् । मङ्गलबार साताको एक पटक क्लब हुन्छ । म हिँडेरै घर पुग्छु । मेरो स्कूल बिहान ९.०० बजेदेखि ८. ००  बजेसम्म सुरु हुन्छ र शनिबार र आइतबार स्कु ल बन्द रहन्छ । बालमैत्री वातावरणमा सिकाइ हुने यस विद्यालयमा पढ्न पाउँदा म निकै खुसी छु ।