Logo

Student Corner

रिसकाे व्यवहार

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 17 November, 2022

मेरो घरमा कहिलेकाहीँ मैले आमाबुबाले भनेको मानिन भने रिसाउनुहुन्छ I  रिसाउँदा कहिलेकाहीँ गाली गर्नुहुन्छ I म रिसाएँ भने रिसाउनुहुन्न भनेर सम्झाउनु हुन्छ I कहिलेकाहीँ रिसाउनु पनि हुन्छ I हजुरआमाले पनि माया गर्दै सम्झाउनुहुन्छ I कहिलेकाहीँ मैले भनेको सामान किनिदिनु भएन भने पनि म रिसाउँछु I मैले झगडा गर्दा रिसाउनुहुन्छ र कहिलेकाहीँ केही नबोली बस्नुहुन्छ I कहिलेकाहीँ सानो भाइले मेरा सामानहरू चलाउँदा म पनि रिसाउँछु I कहिलेकाहीँ भाएसँग झगडा गर्छु I भाइको सामानहरू पनि म चलाउने गर्छु I भाइलाई गाली पनि गर्छु I भाइलाई गाली गरेकामा भाइ रुन्छ I कहिलेकाहीँ भाइलाई पिट्छु पनि I भाइले पनि मलाई पिट्छ यति नै हाे रिसकाे मेराे व्यवहार I