Logo

Student Corner

सडक पेटीको बास

Written by: Deepti Neupane - 23019, Grade XII

Posted on: 16 November, 2022

हाम्रो दु:ख बुझिदिने 
हाम्रो पीडा सुनिदिने  
सँगालेका मनभित्रका पीडा
माला जस्तै उनीदिने
काे हाेला र खै ?

जिउमा लगाउने लुगा  छैन, 
भाेकमा खाने गाँस  छैन, 
वर्षाकाे झरीमा पनि बास छैन ।
भविष्यकाे कुनै आश छैन
याे बुझिदिने काे हाेला र खै ?


दिनभरि सडक पेटीको बास छ
रात परेपछि साथमा खुला आकाश  छ ।
हामी जस्ता गरिबको उद्धार कहिले हुने ?
हामी जस्ता असहायकाे सहारा काे हुने ?

सडक हाम्रो मझेरी हो आकाश हाम्रो छानाे, 
पढ्न लेख्न क्यै पाइएन अधिकार के जानू ?
हामी पनि सन्तान हौँ यही देशका जान, 
हामीले पनि पाउनुपर्छ, अधिकार मान।