Logo

Student Corner

कमजोर को ?

Written by: Nishan Shrestha - 25008, Grade X

Posted on: 16 November, 2022

आखिर कमजोर को ?
लागु पदार्थमा लाग्ने छोरा कि । 
आफ्नो छोरालाई राम्ररी हेरचाह गर्न नसक्ने आमा ,   
लागु पदार्थको राम्रो शिक्षा दिन नसक्ने विद्यालय ,

आखिर कमजोर को ?
आफ्नो उज्ज्वल भविष्य बिगार्ने बच्चा कि ? 
आफ्नो बच्चालाई उज्ज्वल भविष्य देखाइदिने बुबा ?  
आफ्नो विद्यार्थीलाई उज्ज्वल भविष्यको बाटो देखाइदिने शिक्षक ?

आखिर कमजोर को ?
आफ्नो साथीमाथि विश्वास गर्ने मित्र कि ?
पछाडिबाट छुरा हान्ने साथी  
या मानिएकाे वा  ठानिएकाे  मित्रता ?

आखिर कमजोर  को ?
आफ्नो प्रेमिकालाई ज्यानभन्दा प्यारो मान्ने प्रेमी कि ?  
धन सम्पत्तिको पछाडि लाग्ने प्रेमिका ? 
या उनीहरूको प्रेम सम्बन्ध ?

आखिर कमजोर को ?
परस्त्रीसँग लाग्ने श्रीमान् कि ? 
आफ्नो श्रीमानमाथि विश्वास गर्ने श्रीमती कि ? 
या उनीहरूको वैवाहिक सम्बन्ध ?
आखिर कमजाेर को ?