Logo

Student Corner

वयस्क शिक्षा

Written by: Aarohan Timsina - 29057, Grade VI

Posted on: 16 November, 2022

हामी अहिले साना छौँ र विद्यालय जान्छौँ । हामीले पढ्न पाउनु भनेको एक सुनौलो मौका हो । यस संसारमा धेरैले शिक्षा पाएका छैनन् । हामी पुरुष प्रधान समाजमा बस्ने भएकाले विशेष गरी धेरै बालिकाहरूले शिक्षा पाएका छैनन् । अहिले धेरै बालिकाहरूले शिक्षा नपाउनुको कारण पुरुष प्रधान समाज, गरिबी, विद्यालयको कमी आदि  हुन् ।

वयस्क शिक्षामा वयस्कहरूले नयाँ सीपहरू सिक्छन् र उनीहरूसँग भएका सीपहरू विकास गर्छन्। शिक्षकले वयस्कहरूलाई सामाजिक समस्याहरूबारे सचेत गराउँछन्, आफ्नो नाम लेख्न सिकाउँछन्। वयस्क शिक्षामा हामीले खासमा वयस्कहरूसँग पहिलादेखि नै भएको ज्ञानको विकास गर्ने हो । वयस्क शिक्षामा व्यावहारिक संसारको बारेमा सिकाउनु, भन्नु हो किनकि कतिपय वयस्कहरूसँग पुरानो सोच हुन्छ । कुनै मानिसले बाल विवाह गर्‍यो भने त्यो मानिस  अपराधी कहलाउँछ किनकि बालविवाह एक अपराध हो र त्यो मानिसलाई प्रहरीले लाग्छ  तर त्यो मानिस शिक्षित छैन भने उसले बाल विवाह गर्नु गलत हो अपराध हो भन्ने नै थाहा हुदैन। उसले सही गलत छुट्याउन सक्दैन।

उचित शिक्षा नपाए कुनै पनि देशका मानिसहरूको काम गर्ने सिप बढ्दैन।  उसले के कुरा सही हो के कुरा गलत हो छुट्याउन सक्दैन। त्यसैले त्यस्ता मानिसहरूलाई शिक्षित बनायो भने, त्यो मानिसलाई आधारभूत शिक्षा दियो भने देशकै लागि फाइदा हुन्छ । वयस्कहरूलाई शिक्षा दिन पनि गाह्रो हुन्छ किनभने  धेरै जसो वयस्कहरूले आफ्नो दैनिक गुजारा चलाउन धेरै परिश्रम गरी काम गर्नुपर्छ ।  त्यसैले उनीहरूलाई आफ्नो समय व्यवस्थापन गर्न गाह्रो हुन्छ।

वयस्क शिक्षाले हामी सबैलाई फाइदा हुनेछ । वयस्क शिक्ष को व्यवस्था गाउँ सहर सबैतिर गर्नु धेरै जरुरी छ । वयस्क शिक्षा यस संसारको कुना कुनामा जरुरी छ । जसले गर्दा हाम्रो समाज, गाउँ सहर, देश अनि संसार नै एउटा राम्रो ठाउँ बन्छ । त्यसैले वयस्क शिक्षाको धेरै ठुलो महत्त्व छ ।