Logo

Student Corner

पुस्तक समीक्षा- मोटे र माेटे

Written by: Rachit Bhattarai - 31021, Grade IV

Posted on: 16 November, 2022

पुस्तक समीक्षा- मोटे र माेटे
छाेटे र माेटे मलाई मन परेकाे कथा हो । यो कथा मैले धेरै पहिला पढेको हुँ । याे कथालाई ध्रुव घिमिरेले लेख्नुभएको हाे । यो कथामा दुईवटा मुसा हुन्छन् । एउटा मुसाको नाम छोटे हो भने अर्को मुसाको नाम माेटे हाे । छाेटे र माेटे दुवैजना साथी-साथी थिए । छोटे सहरमा बस्थ्यो भने मोटे गाउँमा बस्थ्याे । एक दिन मोटेले छाेटेलाई चिठी लेख्यो । उसले चिठीमा “तिमी सहर आऊ” भनेको थियो । माेटेले त्यो चिठी पढेर सहर घुम्न गयो । मोटे सहरमा पुग्यो र उनीहरू दुवैजना घुम्न हिँडे । सहरमा घुम्दा घुम्दै उनीहरूलाई झन्डै एउटा गाडीले हान्न लागेको थियो । सहर घुमेपछि दुवै जना छाेटेको कोठामा गए । छाेटेको कोठा छेउमा धेरै फोहोर थियो । छाेटेलाई त्यस्तो अँध्याराे र फाेहाेर ठाउँमा बस्न मन लागेन । उसलाई सहर राम्राे लागेन । उसलाई सहरकाे भिडभाड पनि मन परेन । मोटेले गाउँ नै राम्रो रहेछ भन्दै सहर छाेडेर गाउँमै बस्न गयो ।