Logo

Student Corner

गिजाकाे पिरामिड

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 15 November, 2022

हामी सबैले गिजाको पिरामिडहरूका बारेमा सुनेका छौं तर यी रहस्यमय ढुङ्गा त्रिकोणहरूका निर्माण गरे ? 
इजिप्ट देशमा लगभग ८० पिरामिडहरू छन् तर यी पिरामिडहरू बनाइए किन ? पुरातन इजिप्टियनहरू पहिलो व्यक्तिहरू थिए जसले मृत्युपछिको जीवनना विश्वास गर्थे । उनीहरुका अनुसार कसैको मृत्यु भएपछि उनीहरूको आत्मा अक्षुण्ण रहन्थ्यो । उनीहरूको यही विश्वासअनुसार उनीहरूले राजाका भौतिक शरीरलाई सेतो कपडामा बाँधेर यी पिरामिडहरू भित्र राख्थे । यो प्रक्रियालाई ममिफिकेशन प्रक्रिया भनिन्थ्यो र इजिप्टियनहरूका अनुसार ममिफिकेशन प्रक्रियाले फिरउन(राजा)को मृत्युपछि तिनीहरूको आत्मालाई जोगाउने उद्देश्य पूरा गर्थ्यो । फिरउनलाई ममिफाई गर्दा सुनका गहना, भाँडाकुँडा, खानेकुरा आदिसहित कफिन(चिहान)मा राखिन्थ्यो । यदि फिरउनले पाप गरेको थियो भने त्यो फिरउनको चिहान खोल्ने मानिसलाई अशुभ संकेत लाग्थ्यो भन्ने पहिले विश्वास थियो । यो केही हदसम्म सत्य साबित पनि भयो । जब हावर्ड कार्टरले टुतानखामुनको चिहान उत्खनन गरे र उनको टोलीका सबै सदस्यहरू बिस्तारै एक पछि एक गर्दै मर्न थाले । तर वास्तवमा यी श्रापित पिरामिडहरू कसले बनाए ? पिरामिडहरू कसले वा कसरी बनाए भनेर हामीलाई बताउन कोही पनि बाँचेनन् र यस कारणले गर्दा यी अनगिन्ती षडयन्त्रहरूको विषय हो । षड्यन्त्रका पक्षपातिहरूले सुझाव दिन्छन् कि एलियन्स वा एक्स्ट्राटेरेस्ट्रियल जीवनले यी पिरामिडहरू बनाएका हुन् । पिरामिडमा रहेको सटीकताको हेर्दा खेरी ५००० वर्ष अगाडि जम्मा हथौडा र छेनीले त बनाएको होइन जस्तो देखिन्छ भन्ने उनीहरूको भनाइ छ । एउटा पिरामिड बनाउन करिब २ करोड ढुङ्गाहरू लागेका अनुमान गरेका थिए तर इजिप्टमा धेरै ढुङ्गाहरू भएकाले एलियन्स वा एक्स्ट्राटेरिअल जीवनले यस्ता रहस्यमय चीजहरू बनाएको हो भन्न सम्भवतः छैन । कोही भन्छन् कि पिरामिडहरू लाखौं दासहरूले बनाएका थिए । तर हालैका अध्ययनहरूले देखाउँछन् कि पिरामिडहरू दक्ष कामदारहरूले बनाएका थिए । पिरामिडहरूको भित्र राजाको सट्टा अरू चिहानहरू पनि छन् र यी चिहानहरू अनुमान लगाउँदा निर्माणकर्ताहरूनै चिहानहरू हुन् भनिन्छ । यदि निर्माणकर्ताहरू दास भएका भए उनीहरूले यस्तो चिहान पाउने थिएनन् । पिरामिडको भित्री भाग चुनढुङ्गाले बनेको थियो तर बाहिरी भाग ग्रेनाइटले बनेको थियो । मानव सभ्यतादेखि समतल मरुभूमिसम्म मानिसहरूले यी ढुङ्गाहरू बोकेर पिरामिड बनाएका भनेर विश्वास हुँदैन । यी ढुङ्गाहरू सार्नको लागि कुनै प्रकारको यातायातको माध्यम त हुनै पर्थ्याे । कसैले भन्छन् ढुङ्गा बोक्न वाहन बनाएर मरुभूमिबाट चलाइएको थियो । कोही भन्छन् नहर बनाएर नाइल नदीको पानीबाट ढुङ्गाहरू पार गरेको थियो । तर उनीहरूले पिरामिडको ढुङ्गाहरूको आकारलाई वर्ग कसरी बनाए ? धेरैले भन्छन् की पिरामिडलाई यस्तो आकारमा ल्याउन मानिसहरूले ठूला चट्टानहरूलाई साना ढुङ्गाहरूले हाने । पिरामिडको ढलान बनाउन कामदारहरूले र्‍याम्पहरू प्रयोग गरेको कुनै अपुरो पिरामिडहरूमा पनि देख्न सकिन्छ । पिरामिड हजारौँ वर्षअगाडि बनेकै कारणले यिनीहरूको रङ्ग हराएर खैरो भएको हाे ।सर्वप्रथम पिरामिड बनाउँदा त्यसको रङ्ग सेतो थियो र त्यो सेतो रङ्गले घामको प्रकाश प्रतिबिम्बित गर्थ्याे । यदि हामी त्यो युगमा जन्मेका भए हामीले सूर्यको किरणहरू प्रतिबिम्बित भएको रमणीय दृश्य हेर्न पाउथ्यौँ । त्यो रमणीय दृश्य हेर्न नपाए पनि हामी अझै पनि यी पिरामिडहरू घुम्न र तिनीहरूको भित्र जान सक्छौँ । पिरामिड कसरी बनाइयो भन्नेबारे अझै धेरै अन्य षड्यन्त्रहरू छन् । षड्यन्त्रहरू जे भए पनि यी पिरामिडहरू हामीले हाम्रो जीवनकालमा देख्न सक्ने सबैभन्दा सुन्दर चीजहरू मध्ये एक हुन् ।

सन्दर्भ:

How Were the Pyramids Built? - YouTube
We May Finally Know How the Pyramids Were Built | Travel and Exploration | Discovery
How did the Egyptians build the pyramids? | Britannica