Logo

Student Corner

बाल्यकालकाे स्मृति

Written by: Nishant Adhikari - 24051, Grade XI

Posted on: 15 November, 2022

एउटा मानिसकाे जीवनमा आफ्नो बाल्यकाल वा जीवनको उत्कृष्ट पलको बारेमा केही सम्झनाहरू हुन्छन् । म एक विद्यार्थी भइरहँदा मसँग धेरै सम्झनाहरू छन् जुन मेरो सबैभन्दा राम्रो पल वा जीवनमा सम्झन लायक क्षणहरू जुन फेरि कहिल्यै फर्केर पक्कै आउँदैनन् । 
मलाई मेरो गाउँ घुम्न मन लाग्छ। म मेरो गाउँ काभ्रेपलाञ्चोककाे ढुङ्गखर्कमा जन्मिएँ । मेरो बाल्यकाल मेरो गाउँमा बित्यो । भक्तपुर जिल्लामा सर्दा म करिब ४ वर्षको थिएँ र ४–५ महिनापछि काठमाडौँ, चाबहिल गएर बस्न थाल्यौँ । सुरुमा म मेरो गाउँलाई असाध्यै सम्झिने गर्थे जसरी मैले मेरा साथीहरूसँग खेल्थेँ। जब म गाउँमा थिएँ तब म स्कुल छाेडेर गरेर साथीहरूसँग खेल्न जान्थेँ । म मेरा साथीहरूसँग हुँदा मलाई उनीहरूसँग खेल्न मन पर्थ्यो । तिनीहरूमध्ये मेरो सबैभन्दा मिल्ने साथीको नाम सुलक्ष थियो । जसलाई सन्ढे  पनि भन्थ्याैँ  । जुन उसको उपनाम थियो।

आजकल सुलक्ष मसँग सम्पर्क विहीन छ तर मसँग मित्रताको सम्झना ताजै छ । जुन मैले धेरै याद गरेको छु । म भगवानसँग प्रार्थना गर्छु कि मलाई मेराे साथीसँग सम्पर्क गराइदिनुहाेस् । हामी जहाँ भए पनि र परिस्थिति जस्तोसुकै भए पनि यो सम्झनाले मलाई सधैँ उसको याद दिलाइरहन्छ ।

म नयाँ सहरमा आएपछि साथीहरू नभएको एउटा सानो केटाे स्कुल जान थाले । मलाई स्कुल कहिल्यै मन परेन किनकि म यसलाई धेरै घृणा गर्थे । सुरु सरुमा सकेसम्म स्कुल नजाने धेरै बहाना बनाउँथे । बिस्तारै समय बित्दै गयो । मैले पढाइमा मात्र ध्यान दिन थालेँ । विद्यालय गएको अर्को वर्षदेखि म कक्षामा प्रथम हुन थालेको थिएँ । यो कक्षा २ सम्मको समय थियो । केही कारणले गर्दा मैले कक्षा ३ बाट मेरो स्कुल परिवर्तन गरेँ । 
म अर्को विद्यालय गएपछि राम्रा साथीहरू पाएँ । नयाँ साथीहरूले मलाई हरेक कुरामा सहयोग गर्थे। मेरो विद्यालय जीवन एकदम राम्ररी बितेको थियो । मेरो सबैभन्दा राम्रो विद्यालयको समय कक्षा १० को थियो । म १० कक्षमा पुगेपछि मात्र मैले घरबाट राम्ररी निस्किन पाएको थिएँ । यो बेला म साथीहरूसँग भ्रमण गएको थिएँ । जुन कुरा मैले कहिले पनि बिर्सिन सक्दिनँ । बिस्तारै दिनहरू बित्दै गए अनि १० कक्षा पनि पास गरियो । 
यी सबै कुरा मेरो मनमा खेलिरहेको छ । मलाई आफ्नो साथीको सम्झना पनि आइरहेको छ। मलाई मेरो गाँउको पनि सम्झना आइरहेको छ । मलाई यी शब्द लेखिरहँदा पनि मलाई मेरा साथी,गाउँ र १० कक्षाको सम्झना मेरो आखाँ वरिपरि  नाचिरहेका छन्, झल्किरहेका छन् ।