Logo

Student Corner

बिदा बिताउने उपायहरू

Written by: Kriti Nepal - 24022, Grade XI

Posted on: 14 November, 2022

बिदा भनेको काम, विद्यालय आदिबाट आराम पाउने समय हो । सुन्दै मनलाई सुख र सन्तुष्टि दिने शब्द हो । बिदाका दिनहरूले हामीलाई मानसिक तनाब, चिन्ताहरूबाट छुटकारा दिन्छ र फेरि काम सुरु गर्ने क्षमता बढाएर हामीलाई सक्षम बनाउँछ । त्यसैगरी यसले हाम्रो काम गर्ने क्षमतालाई पनि दोब्बर बनाउँछ ।
हामी विद्यार्थीहरू विद्यालय र घरका कामका दिनहरूमा निकै मिहिनेत गरेका हुन्छौँ । यसरी निरन्तर काम गर्दा हाम्रो दिमाग तथा मस्तिष्कलाई आराम चाहिन्छ । तर बिदाका दिन भनेको अल्छिपनाका लागि चाहिँ होइन । जसलाई हामीले सुतेर, गफ गरेर मात्र बिताऔँ । बिदाहरू भनेको हाम्रो आनन्द र स्वास्थ्यलाभको स्रोत पनि हो । हामीले यी बिदाका दिनहरू के कसरी बिताउने राम्रो र सावधानीपूर्वक योजना बनाउनुपर्छ । हामीले धेरै काममा आफूलाई व्यस्त बनाउनुपर्छ । यस्ता बिदाका दिन खेर नफाली फलदायी बनाउनुपर्छ । 
विशेष समय सदुपयाेगकाे लागि खुल्ला हावामा बिहान बेलुका पैदल यात्रा गरी बाटोमा प्राकृतिक सुन्दरताका दृश्य हेरेर हामीले आफ्नो मन र शरीर दुवै स्वस्थ बनाउन सक्छौँ । यस्तै बिदाका दिनहरूमा विभिन्‍न ठाउँहरू घुमेर हामीले आफ्नो ज्ञान र अनुभव दुवै बढाउन सक्छौँ । हामीले आफ्नो बिदाको पूर्णरूपमा सही सदुपयाेग गर्नुपर्छ । यस समयमा हामीले विभिन्‍न उपन्यास, कथा, कविता पढेर पनि आफ्नो दिन बिताउन सक्छौँ । जानकारीमूलक किताब पढेर आफ्नो ज्ञान बढाउन सक्छौँ । आफूलाई रुचि लागेकाे कुनै विषयमा कलम चलाउन पनि सक्छाैँ । आफ्नो छुट्टी कसरी बिताउने भनी कामको छनौट गर्यौ भने यसले हाम्रो बाँकी बिदाका दिनहरू रमाइलो बनाउँछ । हामीले बिदा राम्री बितायौँ भने हामी फेरि काममा फर्किँदा फेरि मिहिनेत र प्रसन्‍न मनका साथ काममा फर्किन सक्छौँ । तसर्थ हामीले बिदाका दिनहरू बिताउँदा याेजना बनाएर राम्ररी बिताउनुपर्छ ।