Logo

Student Corner

समय व्यवस्थापन

Written by: Anuska Yadav - 26003, Grade IX

Posted on: 14 November, 2022

समय व्यवस्थापन भनेको हाम्रो समयलाई उचित विभाजन गर्ने प्रक्रिया हो । जसले गर्दा हामी हाम्रा  लक्ष्यहरू प्राप्त गर्न सकाैँ । हामीलाई के गर्न आवश्यक छ त्यो गर्नुपर्छ । हामीले छोटो समयमा धेरै कामहरू गर्न सक्षम हुनुपर्छ । समय अनुकूल वा प्रतिकूल जे भए पनि। उच्च उपलब्धि हासिल गर्नेहरूले आफ्नो समय धेरै कुशलतापूर्वक प्रयोग गरेका हुन्छन् । हामी समय बितेको पनि थाहा पाउँदैनाैँ । मलाई लाग्छ आफ्ना  कामहरूलाई प्राथमिकताका आधारमा प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । समयको सही सदुपयोग गर्नु हामी सबैकाे दायित्व र कर्तव्य रहन्छ । व्यवहारिकरूपमा समय व्यवस्थापन गर्न गाह्रो हुन सक्छ । तर यो अक्सर व्यक्तिमा निर्भर हुने गर्दछ । हामीले कुनै पनि कार्यहरू अझ कुशलतापूर्वक र कम समयमा पूरा गर्न समयकाे उचित व्यवस्थापनकाे खाँचाे पर्दछ । यसरी अगाडि बढ्याैँ भने लक्ष्यहरू प्राप्त गर्न मद्दत मिल्न सक्छ । व्यक्तिगत र संगठनात्मक उद्देश्यहरू पूरा गर्न होस्, हरेक कुरा सही समयमा सम्पन्न गर्न होस् र सही दिशानिर्देशमा गरिने काम व्यवस्थित रूपमा गर्न हाेस् । यी र यस्ता सबै किसिमका कार्यहरूलाई व्यवस्थापन गर्न पनि समयकाे सही व्यवस्थापनकाे जरुरत पर्ने गर्छ । 
प्रत्येक क्षेत्रका व्यक्तिहरूले आफ्नो समयको उचित व्यवस्थापन गर्न महत्त्वपूर्ण छ ताकि उनीहरूले आफ्ना परिवार र समुदायलाई उत्कृष्ट सेवा र सहयाेग  प्रदान गर्न सकुन् । सफलता प्राप्ति भनेकाे राम्रो समय व्यवस्थापनकाे कौशल परिणाम  हाे । निश्चित गर्नुहोस् कि तपाईंले समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुभयो भने भविष्यमा उत्कृष्ट जीवन प्राप्त गर्न सक्नुहुने छ। विद्यार्थी सही शिक्षा र परीक्षामा उत्तीर्ण हुनका लागि आफ्नाे पढाइ तथा समय तालिका पालना गर्न आवश्यक छ। हामी समय व्यवस्थित गराैँ ताकि प्रत्येक विषय क्षेत्रहरू कुशल र प्रभावकारी आधारबाट अगाडि बढाेस् । समय आफ्नै गतिमा चलिरहन्छ । यो कहिल्यै रोकिदैन। समय पछाडि जाँदैन । यो केवल अगाडि बढ्छ । समय व्यवस्थापन भनेको अनावश्यक काममा समय खेर फाल्नु होइन तर सही समयमा सही काम गर्नु हो । कार्यको सूची तयार गरी क्रमशः प्राथमिकताका आधारमा ती कार्यहरू सम्पन्न गर्न आवश्यक छ । 
जब म चाँडै उठ्छु । म मेरो कामलाई स-साना भागहरूमा विभाजन गर्छु र महत्त्वअनुसार प्राथमिकता दिन्छु। त्यसपछि म समय व्यवस्थापन गर्न फोन, इमेल, च्याट, आदि जस्ता विषयहरूमा समय खेर फाल्दिनँ । प्राथमिकता आधारमा  समय व्यवस्थापन गर्न सकिन्छ । कुनै पनि नयाँ परियोजना सुरु गर्दा, योजना तथा लक्ष्य तय गर्न महत्त्वपूर्ण छ । तिनीहरूको महत्त्वको आधारमा हामीले कार्यहरूको सूचीमा कामहरूलाई क्रमबद्ध गर्नुपर्छ । प्रत्येक हप्ता पूरा गर्नुपर्ने कार्यहरूको सूची बनाउँदा आफ्नो लक्ष्य र कार्यहरूमा सफलता हासिल गर्न सकिन्छ । आफ्नो लक्ष्य र कार्यहरूलाई स्पष्टरूपमा सूचीबद्ध गर्न आवश्यक छ । यसले महत्त्वपूर्ण कार्य सहज गर्न सकिन्छ । अत: म धेरै महत्त्वपूर्ण कार्यहरूको लागि धेरै समय छुट्याउन प्रयास गर्छु । कम महत्त्वपूर्ण कार्यहरूको लागि कम समय छुट्याउन गर्छु । सबैलाई यस्तो गर्न पनि आग्रह गर्छु ।