Logo

Student Corner

विज्ञान वरदान कि अभिशाप ?

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 11 November, 2022

यो समयमा अहिले विज्ञान वरदान कि अभिशाप भन्ने कुरा हामीले एक प्रकारले सोच्दा,अहिले भइरहेका कामहरूलाई हेर्ने हाे भने वरदान मानिन्छ। यदि  विज्ञानले गरेका आविष्कार नभएको भए हामी जहाँबाट सुरु भएका थियाैँ  त्यही हुन्थ्याैँ । विज्ञान प्रविधिले गर्दा हामीले टाढा रहनुभएका  आफन्तहरूसँग इन्टरनेटको मद्दतले भिडियाे कल गरी  कुरा गर्न सक्छाैँ । टाढा हुँदा वा अफ्ट्याराे परेका बेलामा हामीले माेबाइलकाे प्रयाेग गरी त्याे समस्याकाे समाधान गर्न सक्छाैँ । धेरै मानिसहरूले इन्टरनेटको दुरुपयोग गरेर समाजमा समस्या सिर्जना गरेका हुन्छन् भने  तर सबै दोष भने विज्ञानमाथि थुपारेकाे हुन्छ । यसरी अहिले इन्टरनेटलाई विज्ञानकाे वरदान हाे । अहिले बसेका छाैँ भने इन्टरनेटको भरले बसेका छाैँ। र आज-भोलि हेर्ने हो भने इन्टरनेटले हामी मानिसलाई धेरै सहयोग पुर्याएको छ। हो! गाँउ-घरमा इन्टरनेटको प्रयोग धेरै हुदैँन, तर सहरमा भने हरेक-हरेक घरमा छ। सहरिया मानिसहरुको धनले पनि उनीहरुले इन्टरनेटको लागि खर्च गर्न सकिन्छ। अभिशापको कुरा हो भने, अहिलेको धेरै किशोरहरुले इन्टरनेटको दुरुपयोग गरेर, र त्यसले गर्दा केटा-केटीहरु बिग्रेका छन्। विज्ञानले गर्दा अहिले देश कहाँ देखि कहाँ पुगेको छ, पहिला गाँउ-घर जस्तै मानिन्थ्यो तर अहिले सहर वा सहरको मान्छे भनिन्छ। वैज्ञानिक नेपाालमा नभएको पनि अरु देशबाट नेपाललाई पनि सामानहरु पठाउदै-गर्दै गरि रहेको छ। इन्टरनेटको मदतले सबैजना अहिले धेरै ठाउँमा पुगेका छन्। हामी वा अरुले गर्दा मात्र विज्ञान  काम वा वैज्ञानिकहरुलाई अभिशा भनिन्छ। विज्ञान वरदान कि अभिशाप भन्ने कुरामा हामीले पनि धेरै कुरा गरेला छाैँ। यदि अहिले विज्ञान नभएको भए नेपाललाई मात्र होइन अरु देशहरुलाई पनि दुर दुर गर्थियो होला। नेपाल भन्दा ताढाँ बसेका आफ्ना आफन्तहरुलाई कुरा गर्न मन लागेको बेला इन्टरनेटको स्वरुप एकै चोटीमा थ्याच्च थिचेर कुरा गर्न पाइन्छ। तर कतिपय विज्ञानले गर्दा नै अहिले देशलाई घाताहरु भएको छ जस्तै बमहरु बनाउने, रासायनिक प्रतिक्रया को हानि, आदिहरुको कारणले  विज्ञान अभिशप बनिइको छ। इन्टरनेटले गर्दा अहिले कुनैपनि मानिसहरुलाई कुनै पनि कुराको कमि भएको छैन्। अहिलेको समयला त्यसलाई वरदान मानिन्छ। तर संसारलाई हेर्याै भने अहिले युक्रेन ध्वस्त भएको छ सबै कारण विज्ञान वा वैज्ञानिक कामहरुले गर्दा । अहिले ट्याक्टर, गाडि, आदिले गर्दा वनहरु पनि सक्केको छ।  हामीले इन्टरनेटको दुरुपयोग नगर्याै भने पनि हामीलाई अभिशाप होइन वरदान हो भनेर देखाउन सक्छाैँ। तर अहिले विज्ञान अभिशाप होइन वरदालन हो, किनभने यो सबै हेर्दा त वरदालन नै हो, हामी मानिसहरुले त्यसको फाइदा, दुरुपयोग गरेर मात्र त्यसलाई नराम्रो काममा चलाउछाैँ र पछि त्यसलाई नराम्रो भन्न ठाल्छाैँ। विज्ञानले गर्दा अहिले हामी देश-विदेशमा पनि घुम्न पाइरहेका छाैँ। र कुनै पढाईहरु पनि इन्टरनेटको सहयोगले नै हुन्छ जस्तै कोरोना बढेको बेला इन्टरनेटले गर्दा घर बस्दा बस्दै अन्लाइन कक्षाहरु लिन पाएका छाैँ।