Logo

Student Corner

म काठमाडौँ आएपछि

Written by: Ambira Pradhan - 24009, Grade XI

Posted on: 11 November, 2022

आजभन्दा लगभग पाँच वर्ष अगाडि म र मेरो परिवार नारायणगढबाट काठमाडौँमा बस्न आयौँ । वि सं २०७३ साल असाेज महिनामा मामु त्रिचन्द्र कलेजमा प्राध्यापक हुनुभयो र मामुले काठमाडौँ पढाउन थाल्नुभयो । मामुले काठमाडाैँमा जागिर थालेपछि श्रावण महिनामा म बाबा र बाहिनी पनि काठमाडौँ आयौँ । पढाइ सुरु भएको लगभग ३ महिना भएकाे थियो । त्यतिबेला म र मेरी बहिनी समाल हेभेन स्कुलमा पढ्थ्यौँ । समाल हेभेन स्कुल लिटिल एन्जल्स स्कुलअन्तर्गत भएकाले मामुकाे चाहनाअनुसार म र मेरी बहिनी यही स्कुलमा भर्ना भयौँ । 
हामी काठमाडाैँ आउँदा मलाई कता कता अनाैठाे र नाैलाे लागेकाे थियाे । काठमाडाैँ आउँदा सतान्चुली नाम गरेकाे गाडीमा आयौँ । मलाई त्यो दिनको धेरै सम्झना भने छैन । हामी सायद एकैचोटी धुपी मामु (मामुको दिदी धुपी ) को काठमाडौँको घरमा गयाैँ । यो केही महिनाका लागि हाम्रो  घर थियो । 
म र मेरी बहिनी काठमाडाैँ आएकाे लगभग एक हप्तापछि स्कुल जान थाल्यौँ । मेरो स्कुलको पहिलो दिन मेरो स्कर्ट अलि लामो भएकाले म प्यान्ट लगाएर स्कुल गएँ । मैले काठमाडाैँमा स्कुलकाे पहिलो साथी स्कुल बसमा भेटेँ । उसले मेरो कक्षाकोठासम्म पुग्न मद्दत गर्यो । म विद्यालय गएपछि पहिलो दिनमा नै धेरै साथीहरू बनाएँ । कक्षामा गएपछि कुर्सीमा बस्न लाग्दा मेरो खुट्टा ठोकिएकाे थियो । किनकि टेबल कुर्सीसँगै जोडिएको अवस्थामा थियो । त्यही दिन मामुले मलाई ठिक्क हुने स्कर्ट ल्यादिनुभयो । सरुसुरुमा काठमाडाैँकाे फरक वातावरणमा पढ्न अलि गाह्रो भयो । केही समयपछि  म यहाँकाे वातावरणमा घुलमिल हुन थालेँ । म अहिले पनि कहिलेकाहीँ  लिटिल एन्जल्सका साथीहरूसँग कुरा गर्छु । 
हामी त्यतिखेर काठमाडाैँ लाजिम्पाटमा बस्थ्याैँ । म लाजिम्पाटमा बस्दा त्यहाँकाे धेरै कुरा  याद नभए पनि हामी लाजिम्पाटबाट कहिलेकाहीँ नक्सालको भाटभटेनी जान्थ्यौँ । हामी लाजिम्पाटमा बस्दै गर्दा मामु र बाबाले घर खोज्दै हुनुहुन्थ्यो । केही महिनापछि एउटा राम्रो घर भेट्टाउनुभयो । यो घर हामी सबैलाई मन परेको थियो । याे घर एकदम राम्रो ठाउँमा पनि थियो । बाबाले म र बहिनीलाई पनि घर देखाउन लग्नुभयाे । त्यसपछि उहाँले त्यो घर किन्नुभयो । घर किनेपछि हामी एक महिनापछि मात्र त्यहाँ बस्न गयौँ । दसैँ र तिहार दुवै लाजिम्पाटमै मनायौँ । दसैँ र तिहारपछि हामी हाम्रो घरमा बस्न थाल्याैँ । अहिले पनि हामीले प्रत्येक वर्ष घर किनेको दिनकाे सम्झनामा भोज गर्ने गर्छाैँ । 
म काठमाडौँ आएर बस्न थालेकाे ५ वर्ष पूरा भइसक्यो । समय कति  छिटो बित्दाे रहेछ । सबै पुराना यादहरू सपना जस्तै बन्दै जाँदा रहेछन् ।