Logo

Student Corner

पुस्तक समिक्षाः राेल नं १

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 11 November, 2022

विषयप्रवेश:
'रोल नम्बर १' भन्ने पुस्तक  लेखक राधा पौडेलको बाल्यकालीन संस्मरण हो । यस पुस्तकलाई साङ्ग्रिला पुस्तक प्रा.लि. ले प्रकाशन गरेकाे हाे । यसका आवरणहरू भने टाइम्स क्रिएसनले गरेकाे  हाे । यसका सम्पादक कृष्णदीप सिग्देल हुन्  र यो पहिलो संस्करण रहेको छ । यस पुस्तकमा सुन्दर चित्रहरू समेत रहेका छन्।

पात्रहरू:
यस कथाकी प्रमुख पात्र राधा रहेकी छिन् । आमा, बुबा, बहिनी आदि सबै सहायक पात्रको रूपमा देखा परेका छन् । यस कथाकी असल पात्र राधा आफैं रहेकी छिन् । उनले आफ्नो समाजको लघुचेतनाको विरोध गरेकी छिन् । त्यसैले यस कथाका खराब पात्र आफैँ यो समाज रहेको छ जसले लैङ्गिक र जातिय विभेद गर्ने गरेको थियो।  

कथावस्तु:
'रोल नम्बर १' राधा पौडेलको बाल्यकालीन संस्मरण रहेको छ । उनले यस किताबमा आफूले कसरी विभेद सहनु परेको भनेर उल्लेख गरेकी छिन् । कसरी सानैदेखि काम गर्न मन लागेको तर उमेरले गर्दा सबैले काम गर्न नदिने उनले बताएकी छिन् । कसरी आफूले समाजमा लैङ्गिक विभेद र जातीय विभेद सहनु परेको उनले उल्लेख गरेकी छिन्। आफूलाई सधैँ पढाइमा अब्बल हुन मन लागेको र उनले परिश्रम गरेको र प्रथम हुँदाको भावना उनले यस किताबमा पोखेकी छिन् । उनले कसरी विभेदको विपरीत आफूले आवाज उठाएकी थिइन र आफूले केटा र केटी समान हुन् भन्न आफूले चालेका कदम उनले भनेकी छिन् र महिनावारी भनेको अपवित्र हैन भनेर उनले पुष्टि गर्न प्रयास गरेकी छिन् ।  

परिवेश:
राधाको पुरानो घर, पुरानो विद्यालय, लमजुङ, राधाको नयाँ घर, नयाँ विद्यालय, पसल, खेतको बाटो आदि स्थलगत परिवेशको रुपमा रहेका छन् । राधाले भेदभावको पर्खाल भत्काउन प्रयास गरेको अवस्थागत परिवेशकाे रुपमा आएकाे छ । यी सबै घटना हुन ७-८ वर्ष लागेको अनुमान गर्न सकिन्छ।

निष्कर्ष:
राधा पौडेलको जीवन कठिन थियो । उनले सानी भएर हेपाइ सहनु परेको थियो । केटी भएको कारण उनलाई सफलता कहिल्यै प्राप्त हुँदैन भनेर उनको समाजले उनलाई भनेको थियो  तर कसैलाई नसुनेर उनले परिश्रम गरिन् र अहिले उनी सफल भएकी छिन् । उनको जीवनबाट हामीले पनि प्रेरणा लिन सक्छौ । यस किताबमा जटिल शब्द हुनाले म यो किताब १० वर्षभन्दा माथिकालाई सिफारिस गर्दछु ।