Logo

Student Corner

मेराे विद्यालय

Written by: Ashra Shrestha - 30055, Grade V

Posted on: 11 November, 2022

मेराे विद्यालयकाे नाम डियरवाक सिफल स्कुल हाे । यस विद्यालयमा विविध वियषहरू पढाइन्छ । याे विद्यालय २०७३ सालमा स्थापना भएकाे हाे । हाम्राे प्रधानाध्यापककाे नाम विजय श्रेष्ठ हाे । यहाँ कक्षा १ देखि १२ सम्म स्कुलअन्तर्गत पढाइ हुन्छ भने स्नातक तहमा अन्य विभिन्न विषय छानेर पढ्ने सुविधा छ । विशेष गरेर आइ.टी. मा डियरवाकलाई उपल्लाे ओहाेदामा राखेकाे पाइन्छ । यहाँ २ वटा भिन्ना-भिन्नै भवनहरू छन् । एउटा भवनमा १-४ कक्षासम्म पढाइ हुन्छ भने अर्काे भवनमा ५-१२ सम्म पढाइ हुन्छ । यहाँका कक्षा काेठाका नाम विभिन्न पर्वतबाट बाेलाउने गरेकाे मलाई असाध्यै मन पर्‍‍याे । यहाँकाे चमेनागृह सफा र राम्राे छ । यहाँकाे खाजा र खाना स्वस्थकर र विषादिरहित हुन्छ । विद्यार्थीकाे चाैतर्फी विकासका लागि विभिन्न समूहमा छुट्याएर काममा सहभागिता गराइन्छ । हुनत म यस स्कुलमा नयाँ हाे तर साथीहरूकाे र शिक्षकहरूकाे साथ र सहयाेगले गर्दा मलाई घुलमिल हुन सजिलाे भएकाे छ ।