Logo

Student Corner

लक्ष्मीप्रसाद देवकोटा

Written by: Aayaan Rai - 31006, Grade IV

Posted on: 10 November, 2022

लक्ष्मीप्रसाद देवकोटा नेपालका महाकवि हुन् । उहाँको जन्म विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारका दिन भएकाे हाे । त्यसैले उनको नाम लक्ष्मीप्रसाद राखिएको हो । उहाँकी आमाको नाम अमरराज्यलक्ष्मीदेवी र बाबाको नाम तिलमाधव देवकोटा हो । उहाँ  नाटककार, उपन्यासकार कवि आदि हुनुहुन्छ । उहाँलाई विशाल हृदय भएको कवि भनेर चिनिन्छ । उहाँको सबैभन्दा राम्रो किताब मुनामदन र शाकुन्तल हो । उहाँका जीवनमा केही नराम्रा घटनाहरू घटेकाले उहाँमा चुरोटको लत बसेको थियो। उहाँ  एक समय जेल पनि पर्नुभएकाे थियाे । जेलमा उहाँले चुराेटकाे कालाेले भित्ताभरि कविता नै कविता लेख्नुभएको थियो । उहाँ शिक्षामन्त्री पनि बन्नुभएकाे थियाे । उहाँलाई क्यान्सर भएर उहाँको मृत्यु भयो । मृत्यु अगाडि उहाँले “मुनामदन बाहेक मेरा अरु सबै किताब जलाइदिए पनि हुन्छ” भन्नुभएको थियो । वि.सं २०१६ साल भाद्र २९ गते पशुपतिनाथ मन्दिरकाे बागमती नदीको किनारमा रहेको आर्यघाटमा उहाँकाे निधन भएको थियो।  उहाँको मृत्यु भएपनि हामी अहिलेसम्म उहाँका किताब र कविताहरू पढ्छाैँ । हामी सबैले उहाँकाे कार्यबाट प्रेरणा पाएका छाैँ ।