Logo

Student Corner

जाडो याम

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 10 November, 2022

जाडो याम

कालोपनले भरिपूर्ण आकाश, 
अब भरिन थाले सूर्यका किरणले 
ढकमक्क फुलिरहने फूल ती,
मुर्झाउन थाले अब चिसोपनले

गर्मी  भयो भनि कराउने ती  बालकहरू,
अब कुद्छन् खेल्छन् बाटैभरि 
गयो गर्मी एकैनास 
मानौ तेज हावासरि……

हिजोसम्म चाहिने ती पङ्खा,
थन्किन थाले अब दराजतिर
हराए ती पातला लुगा, 
आए केवल बाक्ला मात्र

बढ्यो जाडो सहरदेखि गाऊँ
बनाउँछ अब तातोतिर जाऊँ
प्याराे लाग्छ अब सधैँ घाम
लागेर हाेला अब जाडाे याम
लागेर हाेला अब जाडाे याम