Logo

Student Corner

महिनाै दिनकाे पाहुना

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 09 November, 2022


आमा, बुबा र म मात्र बस्ने एक सानाे र सुखी परिवार थियाे । खुसियालीमा बितेका हुन्थे मेरा हरेक दिनहरू, अनि  घरकाे वातावरण रमाइलाे थियाे । म स्कुल जान्थे र मेरो पढाइ पनि राम्रै थियो । एउटा राम्रो परिवार, राम्रो घर र त्यहाँबाट प्राप्त हुने असीम शान्ति । यी सबै कुराहरू थिए मसित । तर…..मलाई लागेकाे थिएन मराे मनकाे शान्तिलाई यसरी कसैले हरण गर्छ भन्ने । त्यही दिनदेखि आजसम्म  कुनै पनि शान्ति छैन । जुन दिन ती महिला हाम्रो घरमा आइन्, त्यो दिनदेखि मलाईआनन्दको निन्द्रा आएको छैन। 
आजभन्दा करिब ९ महीना अगाडिको कुरा हो । पहिलो पटक ती महिला हाम्रो घर आएको । ती महिला घरमा आइन् र राती त्यही सुतिन् । मलाई त गाऊँको मान्छे हुन् त्यसैले एक दुई हप्ता यही घरमा बस्ने हाेला भन्ने लागेकाे थियाे । तर हुँदाहुँदै महिनाै बितिसकेकाे थियाे । भोलिबाट ती महिला हाम्रो घरमा बसेको करिब दश महिना पूरा हुन थालेछ ।  

आमा र बुबा धेरै दयालु हुनुहुन्छ। यति दयालु हुनुहुन्छ कि पाहुना महिनाैसम्म घरमा बसे पनि उहाँहरूलाई समस्या कुनै समस्या परेकाे भान हुँदैन । महिनाैसम्म घरमा बसेकी पाहुनालाई अहिले पनि भगवान जसरी व्यवहार गरिन्छ । आमाबुबाले त आफ्नै परिवार जस्तो ठानिसके ती महिलालाई। हामी जहाँ जान्छौँ त्यहाँ ती महिला सधैं पछ्याउँछिन्। हामी कतै बाहिर जाँदा पनि सधैँ आउँछिन्। जब हामी कतै बाहिर जाने याेजना गर्छौँ । उनले हामी कहाँ जाँदैछौँ के लगाएका छौं जस्ता प्रश्नहरू सोध्न थाल्छिन् र अन्ततः मेरी आमाले उनलाई हामीसँग आउन चाहनुहुन्छ कि भनेर सोध्नुहुन्छ र उनी सहमत हुन्छिन् । यसरी उनी सधैँ जता पनि आउन खोज्छिन्। तर जुन अवसरहरूमा उनी हामीसित आउन नसक्ने भनेकाे आफ्नाे काम पर्दा मात्र हाे ।  त्याे समयमा पनि हामी कही घुम्न गयौ भने उनी सधैँ केही न केही सामान ल्याईदिनु भन्छिन् । त्यो सामान किन्न पैसा पनि दिदिनन् । आमाबुबाले आफैँले  किनिदिनुहुन्छ।

मेरो जन्मदिनको अवसरमा हामी परिवारमात्र बाहिर खाना ख़ान जाने भनेका थियौँ। मलाई मेरो जन्मदिनको दिन मेरो आमा, बुबा, दाइ र दिदीमात्र बाहिर जान खाेजेका थियाैँ । तर हामी लुगा लगाइराखेकाे बेला हाम्राे लुगा हेरेर हेरिरहेकी थी। टाेलाइरहेकी थिई । मैले उसलाई किन लुगामा टाेलाइ रहेकी भनेर सोधेँ । उसले आज मेरो जन्म दिनमा बाहिर जाँदा के लगाउने भनेर हेरिहेकी हुँ भनेर मलाई भनी। मैले मेरी आमालाई ती महिला पनि हामीसँग जान्छे र भनेर सोधेँ । आमाले ऊ पनि आउँछ रे भन्नुभयो। मेरो पुरै जन्मदिन खल्लाे भएर गयो। बाहिरबाट हाँसिरहेको देखे पनि भित्रबाट ममा रिसको आगो जलिरहेको थियो।

पहिला म यस्ति थिइनँ । ती महिलाको बारेमा केही सोच्दिन थिएँ । तर जब एक दिन ती महिलाले मेरो हेडफ़ोनकाे तार चुट्टाइदिएकी थिई । त्यो दिनदेखि मलाई ती महिलाले जे गरेको देखे पनि रिस उठेर आउँछ । उनीसँग पैसा हुँदैन त्यसैले मेरा आमाबाबुले उनको लागि सबै कुरा किन्नुहुन्छ । म यति कुरामा खुसी थिएँ  कि उनी मेरो कोठामा सुत्दिनन्।

मलाई उनीसित धेरै रिस उठ्छ । कहिले यी महिला हाम्रो घरबाट जान्छिन् जस्तो भैसक्यो मलाई । म उनलाई हाम्रो घर छोडिदिए हुन्थ्याे भन्ने चाहन्थेँ । अन्ततः मेरी आमालाई त्यो महिलाको बारेमा कस्तो महसुस गर्छु भनेर भने । अचम्मको कुरा मेरी आमाले पनि त्यस्तै महसुस गर्नुभएकाे रहेछ । तर ती महिला दुई हप्तामा काम गर्न इरान जान लागेकी थिइन् । जसका कारण मेरो आमाबुबाले उनलाई अहिलेसम्म घरबाट जान भन्नुभएकाे रहेनछ।

ती महिला अन्ततः १० महिनापछि हाम्रो घर छोड्दै छिन् । मलाई आशा छ कि उनी कहिल्यै फर्किनिन्। १० महिनापछि म मेरो पुरानो परिवार र शान्ति फिर्ता पाइरहेको अनुभूति गर्दै छु।