Logo

Student Corner

लैङ्गिक समानता

Written by: Yawat Malla - 24049, Grade XI

Posted on: 09 November, 2022

लैङ्गिक समानना भनेको नारी र पुरुषबिचको समानता हो । नारी र पुरुषहरूलाई प्रकृतिले नै जन्मदेखि नै अपरिवर्तनीय जैविक विशेषताहरू प्रदान गरेको हुन्छ । प्रकृतिबाट प्राप्त यस भिन्नतालाई समानताका नाममा पारिवर्तन गर्न सकिदैन । मानिसकाे जन्म भइसकेपछि नारी र पुरुषबिचमा समाजमले नै उनीहरूलाई जुन भूमिका दिन्छ त्यसैमा लैङ्गिक भेद देखिन्छ । जुन सामाजिक बनावट हो। 
नेपाली समाजमा छोरा र छोरीमा समान व्यवहार हुनपर्छ भन्ने कुरा कानुनमा नै उल्लेख छ । छोरा सरह छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने कुरा थाह भए पनि पठाएको पाइँदैन । यस्तै रोजगारीका अवसरहरूबारे पनि संविधानमा लैङ्गिक विभेद नहुने कुरा उल्लेख छ तर अझै नेपाली समाजमा महिलाले जागिर खानु हुँदैन घरको काम गर्नुपर्छ भन्ने सोच छ । पढेलेखेका शिक्षित भनिएका व्यक्तिहरू पनि घरको काम महिलाले मात्रै गर्नुपर्छ भन्ने सोचबाट माथि उठ्न सकेका छैनन्।
लैङ्गिक समानतासँगै लैङ्गिक समता पनि हुनु जरुरी छ । एउटी गृहिणीले पनि आफ्ना पतिले झैँ पढ्ने र रोजगारी गर्ने अवसर पाउनुपर्छ । जबसम्म लैङ्गक समानता हुँदैन तबसम्म नारीहरू भेदभावको सिकार बनिरहनुपर्ने हुन्छ । त्यसैले नेपाल  र नेपालजस्ता धेरै देशहरूमा यो समस्याको सिकार नारीहरू भइनै रहन्छन् । त्यसैले समग्र राष्ट्र र महिला उत्थानका लागि लैङ्गिक विभेद अन्त्य हुनुपर्छ । नारीहरूलाई अबला र कमजोर ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । शिक्षामा समान अवसर र पहुँच हुनुपर्छ । नारीले पनि आफूलाई कमजोर ठान्नु हुँदैन । यो चेतनाको स्तर प्रत्येक नारीमा हुनैपर्छ । कुनै पुरुषले गलत काम गरे पनि हामीले पनि गर्न पाउनुपर्छ वा गर्नहुन्छ भन्ने गलत धारणा भने राख्नु हुँदैन । त्यस्ता गलत कामको देखासिकी नगरी राम्रा कामको अनुसरण र थालनी आफैँले पनि सुरु गर्नुपर्छ । जसबाट समग्र देशको उन्नति हुन्छ । यो कुरा राज्यका उच्च तहमा बस्ने व्यक्तिले पनि राम्ररी बुझ्नुपर्छ । महिला अधिकार र लैङ्गिक समानतालाई कागजका पानामा मात्र सीमित नराखी व्यवहारमा लागु गर्नुपर्छ ।