Logo

Student Corner

परिवर्तन

Written by: Samridhi Neupane - 23036, Grade XII

Posted on: 08 November, 2022

आकाशका तारा र चन्द्रमाले झैँ
अन्धकारमा उज्यालाे छर्न मन छ मलाई,
जीवनका हरेक पाइला पाइलामा 
आवाज बनेर लम्किन मन छ मलाई।  

बलभद्र कुँवर र पृथ्वीनारायण शाह झैँ 
पहिचान छोडेर जानु मन छ मलाई, 
मरेर गए पनि यो समाजको लागि
प्रेरणा भएर जानु मन छ मलाई।  

अझै पनि किन यो समाजमा
परिवर्तन आउन सकेको छैन ?
महिला र पुरुषलाई  समान माने पनि 
किन महिलाको अधिकार खाेसिन्छ यहाँ ?

कता गयो स्वत्रन्त्रता कहाँ गयाे समानता ?

स्वतन्त्र भएर जिउने रहर छ मलाई 
हो, मलाई धेरै कुरामा परिवर्तन ल्याउनु छ।  
म मरेर गए पनि मलाई याे संसारबाट
यो समाजमा  परिवर्तन ल्याउनु छ मलाई ।