Logo

Student Corner

आणविक शक्तिकाे वातावरणमा प्रभाव

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 08 November, 2022

मानिसका लागि वातावरण धेरै महत्त्वपूर्ण छ । वातावरणबिना मानवको जीवन सम्भव हुँदैन र वातावरणको विनाश भयो भने धेरै समस्याहरू आउँछन्  । वातावरणको विनाश गर्ने धेरै कारणहरू छन् । ती कारणहरूमध्ये आणविक शक्ति वा आणविक बम एउटा कारण हो ।

आणविक शक्ति र आणविक बमका कारण पृथ्वीको हावापानी वा तापक्रम बढेको छ । यस बमले जलवायु परिवर्तन हुनुका साथै  हरित गृहमा पनि असर पनि गरेकाे  छ । मानिसहरू उद्याेग वा घर बनाउनका लागि  जङगल वा बोटबिरुवा आदिकाे विनाश गर्छन । मानिसले  बमहरूको प्रयोग गरी अरू देशका मानिसहरू मार्छन् । यी खतरनाक र हानिकारक बमको प्रयोगले प्रदूषण पनि बढेको छ । मानिसहरूले यी बमहरू वैज्ञानिकका लागि बनाएका थिए तर अरू मानिसहरूले ती बमलाई वातावरण र मानिसहरू मार्न प्रयोग गरे। हिरोसिमा र नागासाकी जस्ता  ठाउँमा बमहरूले हजारौं मानिसहरूको मारे र प्रदूषण पनि बढायो। यी बमको प्रयोगका कारण वातावरणको विनाश सगसँगै  प्रकृतिको विनाश पनि भयो ।

यस्ता बमहरूको राम्रो प्रयोग गर्नका लागि  मानिसहरूलाई राम्ररी सूचना दिनुपर्छ । हामीले सबैलाई राम्ररी सूचना दिई यस्ता बमकाे कम प्रयोग गरी पृथिवीको रक्षा गर्नुपर्दछ । हामीले यस्ता बमको प्रयोग रोकेनौँ भने धेरै समस्याहरू आउन सक्छन् । त्यस्तै समस्यालाई छिटै नै  रोक्नुपर्छ र आफ्नो घरलाई सुरक्षित गर्नुपर्छ ।