Logo

Student Corner

नेपाल

Written by: Pranav Pandey - 31016, Grade IV

Posted on: 08 November, 2022

नेपाल धेरै हिमाल र पहाड भएको देश हो । नेपालमा धेरै जातका मानिसहरू छन्ः जस्तै तामाङ, नेवार, क्षेत्री, गुरुङ, बाहुन आदि यी सबै जातजातिका मानिसहरू नेपालमा मिलेर बस्दछन् । नेपाल एउटा सानो र रमाइलो देश हाे । नेपालमा धेरै रमाइला ठाउँहरू पनि छन् । नेपालमा धेरै चाडपर्वहरू मनाइन्छ । नेपालमा विशेष गरेर दसैँ, तिहार, होली आदि चाडहरू रमाइलाका साथ मनाइन्छ । नेपालमा संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा छ । नेपालमा धेरै वनस्पति र चराचुरुङ्गीहरू छन् । नेपालमा प्रशस्त पानी पाइन्छ । नेपाल जलस्राेतको धनी देश पनि हो । नेपालमा धेरै देवीदेवताका मठ मन्दिरहरू छन् । नेपालमा बुद्ध जन्मेका हुन् । बुद्धलाई ‘दक्षिण एसियाको ज्योति’ मानिन्छ । नेपाललाई ‘हरियो वन नेपालको धन भनिन्छ ।’ त्यसैले नेपाललाई हरियाे फूलको देश पनि भनिन्छ ।