Logo

Student Corner

परिवर्तन

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 07 November, 2022

तिमी परिवर्तन केमा  चाहन्छौ भनी कसैले सोध्यो भने
मेरो उत्तर मेरो देशको नीतिमा हुने छ ।
किन भन्छौ भने मेरो देशको  नीति नियम परिवर्तित छैन
अर्को कारण सोध्छौ  भने मेरो देशमा  बनाएको  नीति  
भ्रष्टचारका  कारण कार्यान्वयन हुन सकेको छैन।

परिवर्तन कसरी हुन्छ त भन्ने  विषयमा हाम्रो नेताले नसोचेको र
परिवर्तन मबाट नै हुनुपर्छ भन्ने  कुरा हामी जनताले नसोचेर 
आज मेरो देशको हालत यस्तो छ ।
जहाँ नीति बनाउनेदेखि  नीति पालना गर्नेसम्ममा भ्रष्टाचार छ।। 

सबै  नीति नराम्रो त छैन तर,
जब जब परिवर्तनका निम्ति आवाज उठाउँछौँ
भ्रष्टचार र अत्याचारको धुवाँले झुकाउँछ
जब जब बेरोजगारीले शिखर नाघ्छ,
ओठमा सिगरेट अनि नाकबाट तुवाँलो लाग्छ
नीति बन्छ कि भन्ने धुवाँको आशा मर्दैन ।

जता गए पनि नीति नै नीति देखिन्छन् 
तर  नियतमा परिवर्तित नीति छैनन् 
शिक्षामा  हेर्यो त्यस्तै छ
दु:ख  लाग्छ यो सुन्दा
तर यस्तै छ मेरो देशको हालत।।

आज परिवर्तन नगरे कहिले गर्ने ?
हामीले नगरे कसले गर्ने ?
अब नीतिलाई नियतमा ल्याउनुपर्छ
सबै  मिलेर  देश बनाउनुपर्छ।।