Logo

Student Corner

विश्व शान्ति

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 07 November, 2022

संसार, डर र घृणाले भरियो
मानव जाति स्वार्थी बने
जहाँ कसैले अरूकाे बारेमा सोच्दैनन्
कसरी हुन्छ शान्ति यहाँ ?

संसारमा तब शान्ति हुने छ, जब
सबै युद्ध र सङ्घर्ष समाप्त हुन्छन्
मानिसहरू सद्भावमा बाँच्न सक्छन्
अभावमा पनि रमाउन सक्छन्  

जब प्रेमलाई साथमा राखी, 
घृणाको अन्त्य गरिन्छ। 
विश्वासकाे करेसाबारीमा खुसीकाे
बिउ छरेर सुखी जीवन उमारिन्छ……. 
त्यसैले मिलेर गरौँ अशान्तिको अन्त्य
र कायम गराैँ विश्व शान्ति । विश्व शान्ति ।।