Logo

Student Corner

सफलताको मूल्य

Written by: Asim Paudel - 23013, Grade XII

Posted on: 04 November, 2022

सफलताको के मूल्य हुँदैन र ?
किन एक्लोपन, एकान्त र शत्रुहरू हुन्छन् 
यो सबै भएर त के नै हुन्छ र ?
सबैभन्दा ठुलो त मनको सन्तुष्टि हुन्छ ।

सफलताको बाटो कहिल्यै सहज हुँदैन,
सफलताको बाटो कहिल्यै सहज हुँदैन,
भनिन्छ, नि जस्तै कर्म त्यस्तै नै फल पाइन्छ, 
परिश्रमको कठिन बाटोले नै सफलता दिलाउँछ ।

सफलताको अर्थ धेरै धन कमाउनु होइन 
मन सन्तुष्ट नभए त्यो धनको मूल्य हुँदैन 
मन सन्तुष्ट छैन भने के गर्नु र त्याे धन ?
दाैडेका छन् त्यसमै तैपनि धेरै जन ।

सफलताले असन्तुष्ट बनाउँछ भने  
त्यो सफलताको केही मूल्य  छैन ।
रमाएर बाँच्नुपर्छ जीवनमा
असल कर्म गर्नुपर्छ जीवनमा
सन्तुष्टि मिल्याे भने त्यही हाे, 
खुसीकाे स‌ंसार, त्यही हाे सफलता ।