Logo

Student Corner

प्रकृति र वातावरण

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 04 November, 2022

प्रकृति भन्नाले जीवजन्तु, वनस्पति, हावापानी, माटाे, जमिन, खाेलानाला आदिलाई जनाउँछ भने वातावरण भनेकाे हाम्राे वरिपरिकाे परिस्थितिलाई जनाउँछ । प्रकृति व्यक्ति वा वस्तुकाे विशेषता हाे भने वातावरण पृथ्वी वरिपरिकाे हावा हाे । मानिसकाे बानी र व्यवहारले प्रकृतिमा प्रभाव पार्दछ भने वातावरणमा प्राणी र वनस्पतिकाे जीवन निर्भर रहन्छ । त्यसैले प्रकृति र वातावरणसँग मानिसकाे महत्त्वपूर्ण सम्बन्ध रहन्छ ।

मानिसले आफ्नाे सुविधाका लागि प्राकृतिक स्राेतकाे उपयाेग गर्दछ जस्तै, आफ्नाे बसाेवासका लागि मानिसले जमिनकाे प्रयाेग गर्दछ, घर बनाउन जङ्गलकाे प्रयाेग गर्दछ, पिउने पानीका लागि खाेला, नदीकाे प्रयाेग गर्दछ । यस्ता स्राेतकाे उपयाेग गर्दा मानिसले विवेक पुर्‍याउनुपर्दछ अन्यथा प्रकृतिमा विकृति आउँछ र वातावरण प्रतिकूल हुन्छ । यसले हाम्राे वरिपरिकाे वातावरण खल्बलिन्छ र प्राणी र वनस्पतिकाे जीवनमा प्रतिकुल असर पर्दछ । यस्ताे कुराकाे सन्तुलित ढङ्गले उपयाेग गर्नु मानिसकाे कर्तव्य हाे।

प्रकृतिमा भएका जीवजन्तुकाे संरक्षण गर्दै वातावरण जाेगाउन मानिसले विकास गर्दा वरिपरिकाे हावा पानी र जमिन प्रदूषित गर्नुहुँदैन । सन्तुलित वातावरणकाे उत्प्रेरक मानिस नै हाे । आधुनिक मेसिनकाे प्रयाेगले हावा दुषित, ध्वनि प्रदूषण गर्नुहुँदैन। जमिनकाे उर्वराशक्ति बढाउने नाममा रासायनिक मलकाे अधिक र अव्यवस्थित प्रयाेग गर्नुहुँदैन । सहरीकरणका नाममा जङ्गल विनाश गर्नुहुँदैन। यसाे गरेमा सुख्खा, खडेरी हुन गई पानीकाे स्राेत सुक्छन् र वन्यजन्तुकाे बासस्थान पनि विनाश हुन्छ ।

प्रकृतिकाे विनाशले वातावरणमा क्षति पुग्दछ । वातावरणमा क्षति हुनु भनेकाे मानिस, जीवजन्तु, वनस्पति आदिमा क्षति पुग्नु हाे। वातावरण स्वच्छ भएन भने मानिसकाे साेच, स्वास्थ्य अस्वस्थ्य हुन्छ । अस्वस्थ्य मानिसले विकास गर्ने सक्दैन । त्यसैले प्रकृति र वातावरण जाेगाउन मानिसले असल विचार र विवेककाे प्रयाेग गरी सधैँ सन्तुलित भुमिका खेल्नुपर्दछ ।