Written by: Agraj Rijal - 29004, Grade VI
Posted on: 04 November, 2022
म कक्षा ६ काे धेरै नै अग्लाे विद्यार्थी हाेनहार
परिश्रम गर्छु अगाडि बढ्छु बुझी जीवनकाे सार ।
सबै शिक्षककाे असल बन्छु सधैँ म उत्तम
बुझेर गर्छु श्रम नै ठुलाे मान्छेकाे जीवन ।
आमा र बाबा सधैँभर खुसी मेरा सब कामले
कामले हुन्छ जिन्दगी राम्राे हुँदैन दामले ।
चाडपर्वहरू रमाइलाेसँग मनाउने गर्दछु
अल्छी लागेमा सबै काम गर्न बाेलेरै टार्दछु ।
जाँच आउन थाले मिहिनेत गरी राम्ररी पढ्दछु
शिक्षा नै हाम्राे जीवनकाे धन बुझेर बढ्दछु ।
चित्र बनाउने त्यसमा रङ भर्ने मन पर्ने कला हाे
जीवनकाे लक्ष्य सजाउने हाम्राे उत्तम पला हाे ।
ठुलालाई आदर सानालाई माया असल हाे बानी
घर र मन शरीर सफा असल हाे ठानी ।
मेराे असल बानीमा छैन कसैकाे कहर
विज्ञान पढी वैज्ञानिक बन्ने हाे मेराे रहर ।