Logo

Student Corner

प्रेरणा

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 03 November, 2022

विद्यालमा भइरहेकाे प्रथम त्रैमासिक परीक्षा सकिएको थियो । राम, हरि र श्याम फुटबल खेल्न फुटबल मैदान गएका थिए । परीक्षा सकिएपछि उनीहरू रमाइलो गरिरहेका थिए । धेरै समयपछि मात्र फुटबल खेलिरहेका थिए । रमाउँदै आफ्नाे शक्तिले सकेजति खुट्टाले बललाई हिर्काउँदै थिए । खेल्दै गर्दा बल अचानक खेल मैदानकाे नजिकै रहेकाे बगैँचामा खस्याे । तिनीहरू बल ल्याउन बगैँचामा गए। बगैँचामा धेरै राम्रा राम्रा फूलहरू फुलेका थिए । बगैँचा अति नै मनमाेहक  थियाे । जताततै फूलहरूकाे सुगन्ध फैलिरहेकाे थियाे । आँखामा नै टाँसिने खालकाे बगैँचाकाे सुन्दरताले सबै छक्क परे। यो सबै तिनीहरूलाई सपना जस्तै लाग्यो।

यो बगैँचामा कसैले धेरै मिहिनेत गरेको हुनुपर्छ भन्ने सबैलाई लाग्याे । तर त्यहाँ बगैँचाकाे अवलाेकन गर्नुभन्दा पनि बलकाे खाेजीमा लाग्नु थियाे । सबै जना बल खोज्नमा व्यस्त भए । बल खाेज्दै गर्दा कसैकाे आवाज सुनियाे । केही समयपछि ती कराउने मानिस हामी नजिकै  आए । यसरी उनीहरूले बगैँचामा नसाेधिकन प्रवेश गरेकाे हुनाले रिसाए । खेल्दाखेल्दै अचानक बल खसेकाे भनी माफी माग्याैँ । ती मानिस त रामले पहिला पढेकाे विद्यालयकाे शिक्षक हुनुहँदाे रहेछ । तिनीहरू सबैले शिक्षकलाई अभिवादन गरे। त्याे विद्यालयमा रहँदा सबै विद्यार्थीहरूसँग राम्रो व्यवहार गर्नुहुन्थ्याे । त्यसैले सबै विद्यार्थीहरूले उहाँलाई मन पराउँथे । कालान्तरमा  शिक्षण पेसा छाडेर के गर्दै थिए कसैलाई पनि थाहा थिएन । 
“आज हजुरसँग भेट हुँदा धेरै खुसी लाग्याे” रामले भन्याे । मैले तिमीहरूलाई नदेखेको धेरै समय भयो। अनि सर याे  बगैँचा त धेरै राम्राे बनाउनु भएछ । अँ ……. अझैँ भनेजति त सुन्दर छैन । बारीमा खटिरहनुपर्छ नत्र अनावश्यक झारपातले फूलहरूलाई बढ्न नै दिदैनन् । फूलहरूकाे माझ त्यस्ता झारपातहरूले बगैँचालाई कुरूप बनाउँछ । वास्तविक जीवनमा पनि असल तथा सफल व्यक्तिकाे राम्राे प्रभाव हुन्छ जसले हरेक जीवनलाई सफलतामा पुऱ्याउन ठुलाे सहयाेग मिल्छ ।  त्यसैले हामी पनि असल व्यक्तिहरूसँग मात्र साथी हुनुपर्छ किनभने तिनीहरूको बानीले हामीलाई धेरै प्रभाव पार्छ र हामी बिस्तारै तिनीहरू जस्तै राम्राे बन्न सक्छौँ ।  तपाईंका साथीहरू असल व्यक्तिहरूसँग छन् भने तपाईं राम्रो व्यक्ति बन्नुहुन्छ तर यदि तपाईं खराब मानिसहरूसँग सङ्गत गर्नुहुन्छ भने तपाईंले आफ्नाे जीवनलाई आफैँ अपमानित गर्नुहुन्छ । त्यसैले हामीले अरूबाट राम्रा कुराहरू सिक्ने प्रयास गर्नुपर्छ।

सबैले सरको कुरा सुनेर खुसी भए ।  धेरै प्रेरणा पनि  पाए । उनीहरूले सरले भनेका प्रत्येक कुरालाई  आत्मसात् गर्ने सङ्कल्प गरे । सरलाई  आभार व्यक्त गरे । त्यसपछि उनीहरूले आफ्नो बल पाए । सरसङ्ग बिदा मागेर उनीहरू आआफ्नाे घरतर्फ लागे । सरकाे कुराले उनीहरूले आफ्नाे जीवनमा ठूलो प्रभाव पारेको कुरा पछिसम्म साथीहरूसङ्ग कुराकानी भइरहन्छ ।