Logo

Student Corner

दाजुभाइ

Written by: Simone Shree Pathak - 24042, Grade XI

Posted on: 03 November, 2022

सानै उमेरमा आफ्ना आमाबुवा गुमएको रमेशको यो संसारमा अरू कोही बाँकी थिएनन् । ऊ एउटा साहुकाेको घरमा काम गरेर बस्थ्यो । आफ्नो उमेर धेरै नभए पनि रमेशले धेरै सङ्घर्ष र दु:ख गरेर आफ्नो पेट पाल्नुपर्थ्यो । रमेशको घरमा उसकै उमेरको एउटा केटाे बस्थ्यो । त्यो केटाे रमेशले काम गर्ने घरको मालिकको छोरा थियो । उसकाे नाम उत्सव थियाे । उत्सव र रमेश दुई फरक संसारमा बस्थे । ती दुईबिच केही समानता थिए भने धेरै भिन्नता थिए । ठुलो घरको मालिकको छोरा उत्सव र त्यो घरको सबै काम गर्ने रमेश घरकाे कामदार । रमेशलाई उनीहरूको जीवन एकदम फरक लाग्थ्यो र रमेशलाई उत्सवको जीवन देखेर इर्ष्या लाग्थ्याे । 
एक दिन रमशले घरकाे तल आँगन सफा गरिरहेकाे बेला उसले एउटा मान्छे राेइरहेकाे आवाज सुन्छ । के भयाे भनेर हेर्न जान्छ । उत्सव त्यहाँ आँगनमा रहेछ । रमश उत्सव राेएकाे देखेर छक्क पर्छ । ऊ तल जान्छ तर उत्सव रमशलाई देखेर भाग्छ । अर्काे दिन पनि रमशलाई उत्सवले घरभित्र चिच्याइरहेकाे सुन्छ। आफ्नो काम सबै सकेर उत्सवलाई भेट्न जाने बेला रमेशले उत्सवको आँखा निलो भएको देख्छ । उत्सवलाई किन आँखा निलाे भएकाे भनेर साेध्छ । उसले केही हाेइन भनी आफ्नो कोठातिर लाग्छ । तर रमेशलाई थाहा थियो उसलाई के भएकाे छ भनेर ।  रमेश उत्सवकाे कोठामा भेट्न जान्छ । उसलाई साेध्न खाेज्छ । उत्सवले केही हाेइन रमेशलाई भगाउन खोज्छ ।  रमेशले धेरै अनुराेध गरेपछि अब अति भइसक्याे भन्दै उत्सवले सत्य कुरा उसलाई भन्छ । उसकाे आँखा निलो हुनुको कारण उसकै आमबाबु रहेछन् । वास्तवमा उत्सव साैतेलाे छाेराे रहेछ । उनीहरूले उसलाई देखावटी माया मात्र गर्दा रहेछन् । उसलाई दिनहुँ यातना दिने काम मात्र गर्दा रहेछन् । याे सबै कुरा रमेशलाई उसले सुनायाे । रमेशले यो कुरा थाहा पाएपछि उसलाई उसका आमाबावुप्रति घृणा लाग्न थाल्याे र उसका आमाबावुलाई मुद्दा हालिदिने कुरा उत्सवलाई सुनायाे । सुरुमा रमेशकाे कुरा सुनेर उत्सव डराउँछ तर पछि  ऊ पनि याे कुरामा सहमत हुन्छ । मुद्दाकाे फैसला उत्सवकाे पक्षमा हुन्छ । ऊ आफ्ना आमाबावुसँग नबसी अलग बस्ने भन्छ । उत्सवका लागि अदालतले छुट्याएकाे सम्पत्ति केही रमेशलाई पनि दियाे । रमेश र उत्सव दुई दाजुभाइ भएर सुखसँग बस्न थाले ।