Logo

Student Corner

काठमाडौँ सहर

Written by: Prasiddha Shrestha - 28008, Grade VII

Posted on: 03 November, 2022

काठमाडौँ सहर नामकाे मात्र रहर
कोही धनी कोही गरिब
सबैको इच्छा एउटै छ
सबैलाई पैसा कमाउनु नै छ ।

नेपालको राजधानी काठमाडौ सहर
छ अन्तभन्दा धेरै सुविधा 
तैपनि यहाँका सबैमा दुबिधा
जनसंख्या छ धेरै 
जनसंख्याकाे कारणले प्रदूषण बढ्दै ।

काठमाडौँ सहर जहाँ मन्दिर धेरै छ
पशुपतिनाथ काठमाडौँ सहरमै छ
काठमाडौँ धेरै देवता र मन्दिरकाे सहर
सबैकाे यहीँ बस्ने रहर ।

रोजगारी यहीँ छ 
ठूला ठूला अस्पताल यहीँ छन्
मन्त्रीहरू यहीँ छन्
मन्त्रालय यहीं छन् ।

सौन्दयले भरिपूर्ण काठमाडौ सहर
पर्यटकले भरिभराउ काठमाडौँ सहर
भिलीमिली काठमाडौँ सहर
रमाइलो काठमाडौँ सहर