Logo

Student Corner

चन्द्रागिरिकाे यात्रा

Written by: Anuprastha Luitel - 30058, Grade V

Posted on: 03 November, 2022

 म यसपालिकाे दसैँ विदामा चन्द्रागिरि गएँ । चन्द्रागिरि भन्ने ठाउँ रमाइलाे रहेछ । मैले त्यहाँकाे केबुलकार चढेँ । मलाई रमाइलाे अनुभव भयाे । म बाबामामुसँग त्यहाँ गएकाे थिएँ । त्यहाँ खेल्ने ठाउँ पनि रहेछ । म एक छिन खेलेँ पनि । हामीले त्यहाँ मःमः र खाना खायाैँ । चन्द्रागिरि चिसाे ठाउँ रहेछ । त्यहाँ पानी पनि पर्याे । त्यहाँ भालेश्वर महादेवकाे मन्दिर प्रसिद्ध रहेछ । हामीले त्यहाँ दशर्न पनि गर्याैँ । अग्लाे ठाउँमा भएकाले चन्द्रागिरिबाट काठमाडाैँ सबै देखिँदाे रहेछ । त्यहाँ नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहकाे सालिक रहेछ । मैले त्यहाँ फाेटाे पनि खिचेँ । यात्रा साह्रै रमाइलाे भयाे । म अरूलाई पनि चन्द्रागिरि घुम्न जाने सल्लाह दिन्छु ।