Logo

Student Corner

मनको बह

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 02 November, 2022

 हो म  धेरै बोल्छु 
खुला मनले बोल्छु 
त्यसैले धेरै दोष थाेपरिन्छ
भए भरकाे रिस पाेखिन्छ ममाथि ।

झुट लुकाएर बोलेको भए
धेरैको प्यारो हुन्थे होला
साचो बोल्ने भएर नै
म धेरै दुःखी छु 
तर, दुःखमा नै सुख छ मलाई,
मेरो जीवनकाे  इच्छा पनि यही हो ।

अरूले के  सोच्छन् भन्दाभन्दै
अरूले के गर्छन् भन्दाभन्दै,
अरूकाे चिन्ता गर्दागर्दै मैले
धेरै समय खेर फालिसकेछु ।

कमजोर त छैन म,
तर,  किन एकान्तमा बसी  रोइरहेछु ? 
मेरा मनका घाउ मेटाउन
हराएका बेदना भेटाउन
म धित मरून्जेल  रोइरहेछु ।

प्रश्नै प्रश्नको बिचमा रहेको मेरो सोचले
मलाई आजकाल धेरै दुःख दिँदै छ। 
छिनभरमै  मेराे खुसी खाेसी लिन्छ,
किन हाे मलाई धेरै दुःख दिन्छ ।