Logo

Student Corner

तिमी विद्यार्थी

Written by: Aadhyashree Poudyal - 29060, Grade VI

Posted on: 02 November, 2022

  उठ, जाग न
आफ्नो कर्ममा लाग्न
कति धेरै आशा छ
नेपाल आमाको
तिमीप्रति ।
तिम्रो  कदम कदममा
शक्ति छ देशको
भक्ति छ।
हिजो जे थियो
आज त्यो  छैन
 तिमी  जे थियौ
त्यो रहन
प्रत्येक दिन जब
सूर्य उदाउँछ मनमा
ज्योति बालेर ,हिँड
आफ्नो नयाँपन खोज्न
 जब साँझ पर्छ।
सूर्य अस्ताउँछ
अनि आफूलाई सोध ,
के म हिजोभन्दा  आज
 राम्रो र असल बने त ?
के मैले  गरेको कर्मले
 देशलाई केही योगदान
मिल्छ त  ?
तिमी  परिवर्तन हुनुपर्छ
तिमी परिवर्तन  भए ,
देश  परिवर्तन  हुन्छ
तिमीमा सिर्जनाको बीउ छ ।
राम्रो र असल बन
अनि सकारात्मक परिवर्तनका लागि
अगाडि बढ्ने
क्रम चलिरहन्छ
किनकि तिमी  विद्यार्थी हौ 
जीवन एक विद्यालय हौ।