Logo

Student Corner

नेपाल

Written by: Presley Bhattarai - 31020, Grade IV

Posted on: 02 November, 2022

हाम्रो देशकाे नाम नेपाल हो । म नेपाली हुँ । नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय झन्डा त्रिकोणीय आकारको छ । नेपालको झन्डाको रङ रातो छ । यसकाे किनारा निलो रहेको छ । झन्डामा चन्द्र र सूर्य चिह्न अङ्कित छ । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय चरा डाँफे हो । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । नेपालमा अग्लो सगरमाथा छ । नेपालमा धेरै वन, वन्यजन्तु, वनस्पति  र हिमालहरू छन् । नेपालमा मानिसहरू मिलेर बसोबास गर्छन् । नेपालमा मानिसहरू हिमाल, पहाड र तराईमा छरिएर बसेका छन् ।