Logo

Student Corner

के छ र जिन्दगी

Written by: Kirtan Poudyal - 23024, Grade XII

Posted on: 31 October, 2022

मेरो जीवन देखेर मलाई  दिक्क लाग्थ्यो,
सबैको जीवन रमाइलो रैछ यस्तै लाग्थ्यो,
यस्तो होइन पो रेहेछ, भ्रममै सबै खुसी रहेछ,
सामाजिक सञ्जाल पाे सबकाे खुसी रहेछ ।

लगभग सबैको जीवन सबैकाे जस्तै हो,
साेचाइ मात्र फरक तर दैनिकी उस्तै हाे । 
अरूकाे जीवन रमाइलाे देख्ने मान्छकाे बानी हाे,
सानाे सानाे खुसीमा जाे रमाउन सक्छ, 
खासमा त्याे भाग्यमानी हाे ।

एलन मस्क पनि दिनदिनै रमाउँदैन साथी हाे,
जति कमाए पनि के छ र जिन्दगी,
तँछाड मछाड गरेर पनि के लानु पाे छ र ,
चिन्ता नगराैँ धेरै, एक दिन सबै जाने नै माथि हाे ।


जहिले रमाइलो हुने जीवन जीवन नै होइन,
आफ्नो जीवनबाट सन्तुष्ट कुनै मानिस छैन। 
सबै त्याग गरेको साधुले पनि मोक्ष खोज्छ,
सबै पुगी सरी हुँदा पनि मानिस किन दुःखी हुन्छ ।