Logo

Student Corner

समय

Written by: Samip Aryal - 25014, Grade X

Posted on: 31 October, 2022

समय म तिमीसित चल्न सक्दिनँ
तिमी राेक्न सक्दैनौ, तिमी पर्खदैनाै
तिमी कसलाई मद्दत गर्छाै भने,
कसैकाे जीवन बिगार्छाै

तिमी चलिरहन्छाै एक्लै एक्लै 
हामी तिमीसँगै चल्नुपर्छ,
तर,
तिमी हामीसँग चल्दैनाै
चल्न सिक्नुपर्छ  हरपल
ओ‍‍‍‌…… समय ? तिमी कति ठुलाे है
न समातेर समातिन्छाै न बाेलाए सुन्छाै
न तिम्राे आफ्नाे छ, न तिमी कसैका हाै

हिजाे जस्ताे थियाै, आज त्यस्तै छाै
सायद भाेलि पनि त्यस्तै हुने छाै हाेला
तिमीलाई बाटाे बनाएर 
तिम्रै पदचाललाई पछ्याउने मात्रै गरे भने,
तिमी हिँडेकै बाटाेमा हिँडेर
गन्तव्य छुने प्रयास मात्र गरे भने,
मान्छेलाई मान्छे बन्न सजिलाे हुने थियाे

आज आफू बन्न बिर्सेका हामी मान्छे
सायद, समय तिम्राे सङ्गत गर्न बिर्स्याैँ जस्ताे लाग्छ…….