Logo

Student Corner

भेदभाव

Written by: Aarya Dhami - 27023, Grade VIII

Posted on: 31 October, 2022

किन भेदभाव गर्नु
नारी र पुरुषमा 
चल्दैन संसार एकविना
मिलिजुली बस्नु आवश्यक छ 
किन र आमाहरू पनि मानिस हैनन् र
उनीहरू नै हाेइनन् र हाम्रा सहारा ?


शिक्षा किन दिनुहुन्न
शिक्षा भनेको सबैले पाउने हाेइन  र ?
के पाउला नारीलाई पिट्नेले
शान्ति छाउला  र संसारमा ?

किन हटाउन नसक्ने
यो भेदभाव र हिंसा
सबै जना के मानिस हैनन् 
सबैलाई समान व्यवहार गरेर 
मिलिजुली बस्न सक्दैनौँ र ?

मिलीजुली बसौँ अब
हटाउँ है यो भेदभाव
गरौँ हामी सबै
हाम्राे देशलाई विकास ।