Logo

Student Corner

सिकार पाे भएछ

Written by: Diya Bajracharya - 23021, Grade XII

Posted on: 21 October, 2022

तोते बोलीले आमा !  आमा ! !
भन्दै बोलाउने गर्थ्यो ऊ, 
म बिना त सुत्नै सक्दैनथ्यो । 
साना साना कुरामा खुसी हुने
र बेला बेला रिसाउने  ऊ 
मेरो छोरो त आज ठुलो भएछ ।

पोलियो खान डराउने मेरो छोरो 
आजभोलि नशा लिने भइसकेछ  ।
एकछिन एक्लै बस्दा डराउने मेरो छोरो 
आजभोलि चार दिवारको कोठाभित्र 
खै, कसरी हाे रमाउँदाे रहेछ ।

मेरो मायामा के कमी भएछ उसलाई 
मभन्दा प्यारो त नशा लाग्न थालेछ 
म डाक्टर बन्छु है, भन्दै जिद्दी गर्थ्यो 
खै कसरी कुलतमा फसेछ ।

प्रश्न सोध्दै दिक्क पार्ने गर्थ्यो, 
अहिले उसको बोली सुन्न तड्पिनु परेको छ 
मेरो काखमा लुटुपुटु गर्ने मेरो छोरो आज 
खै कुन दुनियामा कता हराउन थालेछ  ।।