Logo

Student Corner

दसैँ २०७९

Written by: Sohana Ale Magar - 25016, Grade X

Posted on: 21 October, 2022

दसैँ  हिन्दु धर्मावलम्बीहरूको महान्  चाड  हो । प्रत्येक वर्षकाे शुक्ल प्रतिपदाबाट सुरु हुने गर्छ । दसैँ १० दिनसम्म मनाइने गरिन्छ । दसैँको सबैभन्दा पहिलो दिन घटस्थापना हो । घटस्थापनामा हामीहरू जमरा राख्ने काम गर्छौँ। शुक्ल प्रतिपदादेखि दशमीसम्म दुर्गा भवानीकाे विभिन्न स्वरूपकाे पूजा गरी समापन गरिन्छ । अरूभन्दा विजयादशमीकाे दिनमा विशेष महत्त्व दिएकाे हुन्छ । राक्षसमाथि विजयप्राप्तिकाे दिन अर्थात् असत्यमाथि सत्यकाे विजय भएकाे अवसरका रूपमा लिई हर्षाेलास मनाउने दिन । 
यो वर्षको दसैँमा मैले एकदम रमाइलो गरेँ । मेरा घटस्थापनादेखि पञ्चमीसम्मका दिनहरू यतिकै बिते। पञ्चमीको दिनमा म बिहान उठेर मामा घर जानको लागि तयार भएँ । हामी नौ बजे बसपार्क पुगिसकेका थियाैँ । हामीले लगभग दुई घण्टाजति बस कुर्नु पर्याे । हामीले गाडी चढेर तीन घण्टाको यात्रा गर्याैँ । मलाई गाडीबाट हरिया ती वनजङ्गल डाँडापाखा हेर्न असाध्यै रमाइलो लागिरहेको थियो। मैले रमाइलाे अनुभव गरिरहेको थिएँ। जस्तै कि खोला बगिरहेका थिए, गाडी चलिरहँदा चिसाे हावा पनि चलिरहेको थियो। मैले बसमा एउटा कविता पनि लेखेकी थिएँ। मैले बसबाट विभिन्न प्रकारका मान्छेहरु देखेँ। मलाई यात्रा गर्न एकदम रमाइलो लाग्याे । तर, हामी मामाघर पुग्दा रात परिसकेको थियो। अर्को दिन हामीले आफ्ना आफन्तहरू भेटघाट गरेर एकदम रमाइलो गर्याैँ। चाडपर्वले गर्दा हामीले आफ्ना आफन्तहरूसँग भेट्न पायौँ। म मामाघरबाट पनि त्यहाँका डाँडापाखा, खेतबारी घुम्न गएँ। गाउँघर पुरै हरियालीले भरिएको थियो। काेही घर सिँगारपटार गर्न लागिरहेका थिए । काेही घर लिपपाेत गर्दै थिए । त्यो दिन पनि म मामाघरतिर  सबै ठाउँ घुमेर सकेँ । फूलपातीकाे दिन काेही विदेश गएका सबै फर्केर त काेही काठमाडौं तथा अन्य सहरबाट गाउँ आइपुगेका थिए। गाउँघरमा बालबालिका, बुढाबुढी तथा तन्नेरी सबैजनाले भरिएको थियो। बल्ल मात्र दसैँ लाग्यो जस्तो मनमा लागिरहेको थियो । म दिउँसो भाइबहिनीहरूसँग बस्ने गर्थेँ । मलाई ससाना भाइबहिनीहरूको खेल हेर्न एकदम रहर लाग्छ। मामाघरमा मैले रमाइलाेकाे लागि  तास पनि खेलेँ । भोलिपल्ट अष्टमीमा सबैजना बिहान उठेर नुहाएर पूजा गर्न थाल्यौँ । खुकुरी, हँसिया, तरबारजस्ता अन्य हातहतियार सबै राखेर पूजा गरियो। त्यसपछि हामीले खसी काट्याैँ । 


यसपालि दसैँमा एकदम पानी परिरहेको थियो। तर जाडोमा खसीको मासु खानुको रमाइलो पनि छुट्टै थियो। अष्टमी र नवमी पनि यत्तिकै बित्यो। मामा घरमा मैले सबै कुरा देखे पनि पिङ भने कहिले देखिन। गाउँमा इन्टरनेट नभएर होला मैले धेरै मान्छेसँग समय बिताउन पाएँ,नत्र मेराे समय माेबाइलमा नै बित्थ्याे हाेला तर मैले धेरै नयाँ मान्छे चिन्ने अवसर प्राप्त गरेँ । नवमीको दिन पानी परिरहे पनि हामी विभिन्न ठाउँमा  घुम्न गयाैँ । हामी सबै मिलेर एकदम रमाइलो गऱ्यौँ। त्यो दिन हामीले रातिको दुई बजेसम्म तास पनि खेल्याैँ। दसैँ आयो दसैँ आयो भन्दाभन्दै विजयादशमीको दिन पनि आयो टीकाको दिन बिहानदेखि नै पानी परिरहेको थियो ।परेको कारणले यसपालीको दसैँ अलि नरमाइलो जस्तो पनि भइरहेको थियो तर सबैजना तयार हुँदै हुनुहुन्थ्यो टीका लाउनका लागि तयार भयाैँ । पानी पनि रोकियो । टिका लाउने बेलामा हामी सबैले फोटोहरु खिच्यौं । एकछिन रमाइलो गऱ्यौँ र काठमाडौँ फर्किने विचार गऱ्यौँ । मलाई काठमाडौँ आउन खासै मन थिएन। तर हामी मामाघरबाट टिकाकै दिन फर्कियाैँ। मलाई काठमाडौँ आएपछि अलि खल्लो खल्लो जस्तो भइरहेको थियो। काठमाडौँ आएर पनि हामीले विभिन्न ठाउँमा टीका लगाएर ठुलाबडाबाट आशीर्वाद लियाैँ । र यो बर्षको दसैँ मैले सोचेभन्दा एकदम रमाइलो पनि भएको थियो। मौसमले चाहिँ हामीलाई साथ दिएको थिएन तैपनि हामीले एकदम रमाइलो गऱ्यौँ । यसरी रमाइलो गर्दागर्दै दसैँ मेरो २०७९ सालको दशै पनि सकियो।