Logo

Student Corner

फुटबल

Written by: Prabal Dawadi - 29020, Grade VI

Posted on: 21 October, 2022

फुटबल  अन्तराष्ट्रिय खेल हो । मेरो मन पर्ने खेल पनि फुटबल हो। फुटबलमा राम्रो खेल्ने धेरै खेलाडीहरू छन् । नेपालमा पनि फुटबल खेलिन्छ। विश्वमा धेरै फुटबल खेलाडीहरू छन् । उनीहरूआफ्नो देशको लागि खेल्छन् । मेरो मनपर्ने फुटबल खेलाडी लियोनल मेस्सी हुन्। लियोनल मेस्सी अर्जेन्टिनाको गाैरव हुन् । मानिसहरूको आ-आफ्नै मनपर्ने खेलाडी हुन्छन्। जस्तै कि क्रिस्टियानो रोनाल्डो , नेमार जुनियर, केलियन यामबापे, लुइस सुआरेजजस्ता थुप्रै खेलाडीहरू छन् । फुटबल खेल्ने बेला दुईवटा समूह हुन्छन् । एक समूहमा एघार अनि अर्को समूहमा पनि एघार जना खेलाडीहरू हुन्छन् । फुटबल महिला र पुरुष दुवैले खेल्ने खेल हो । फुटबलमा दुई जना रेफ्री र छ जना अतिरिक्त खेलाडीहरू हुन्छन् । खेल्ने बेलामा एउटा गोल किपर हुन्छन् । विपक्षी समूहले गाेल गर्न लागेमा गाेल किपरले राेक्ने काम गर्छन् ।  यो फुटबल खेल्नको लागि  विभिन्न कपहरू हुन्छन् कि फिफा वर्ल्ड कप , युइफा च्याम्पियन लिग ,लालिगा, एसियन कप, कोपा अमेरिका  युरो कप,कोपा इटालिया, युरोपा लिग , कोपा डिल रे जस्तै धेरै कप हुन्छन्। नेपालमा खेल्ने खेलाडीहरू किरण चेम्जोङ,विमल घर्ती मगर, अनजान विष्ट ,नवयुग श्रेष्ठ,रोहित चन्दजस्ता धेरै खेलाडी छन् । र महिला खेलाडीतर्फ निरु थापा, अनिता बस्नेत, अनु लामा,जमुना गुरुङजस्ता धेरै राम्रा  खेलाडीहरू छन् । नेपालको  फुटबल कोच अब्दुल्ला अल मुताइरी हुन्।