Logo

Student Corner

मेरो पहिलो विद्यालय

Written by: Chahat R.S. Rathour - 24018, Grade XI

Posted on: 20 October, 2022

मेरो पहिलो विद्यालय पेनउड एकेडेमी हो । यो विद्यालय माध्यमिक विद्यालय हो । यहाँबाट नै मैले आफ्नाे शिक्षा सुरू गरेकाे हुँ । म तीन वर्षकाे हुँदा साे विद्यालयमा आएको थिएँ । मेरी एउटी चिनेकी दिदीले त्यही विद्यालयमा पढाउनुहुन्थ्यो । त्यसकारण मेरा बुबाआमाले मलाई सजिलो हुन्छ भनेर त्यस विद्यालयमा भर्ना गरिदिनुभएकाे थियाे । 
म त्यस विद्यालयमा भर्ना हुँदा अहिलेको प्रिन्सिपल हुनुहुँदैनथ्याे । म कक्षा ४ मा हुँदा अहिलेकाे प्रिन्सिपल आउनुभएकाे थियाे । मैले १३ वर्ष अध्ययन गरेकाे विद्यालयमा १३ वर्षमा मैले मेरा धेरै साथी भेटेँ । अहिले पहिलेका मेरा कुनै साथी छन् भने कुनै साथी छैनन् । धेरै लामाे  समय बिताएकाे हुँदा धेरै सम्झना मसँग छन् । कुनै रमाइला, कुनै एकदमै लोभलाग्दा त कुनै दुःखद लाग्दा यस्तै यस्तै । मेरा शिक्षकहरू कसैले मलाई बच्चादेखि ठुलो हुँदासम्म देख्नुभयाे । कसैले देख्नुभएन । जे हाेस् मेराे पेनवुडको अध्ययन एकदमै रमाइलो थियो । यो विद्यालयमा मलाई मेरै घरमा जस्तै भावना आउँथ्यो । सबै मिलनसार थिए । सुख-दुःख बाँड्थ्याैँ ।  यसरी बाल्यकालको जीवन र कक्षा १० सम्मकाे  अध्ययन यात्रा मैले पेनउडमा बिताएँ ।

पेनउड एकेडेमी धेरै ठुलो छैन । पेनउडमा एउटा बास्केटबल कोर्ट, ६ ओटा भवन, साना बच्चाहरुको लागि एउटा घाँस भएको मैदान र एउटा सानो चौताराे छ । प्रि-प्राइमरी लगायतका विद्यार्थीहरूको छुट्टै भवन छ । पेनउडमा कुनै समय प्रिन्सिपल सरले फुटसल मैदान र स्विमिङ पुल बनाउने भनेका थिए । तर मैले‌ १३ वर्ष त्यहाँ पढुन्जेल फुटसल मैदान र स्विमिङ पुल बनेन । त्यस विद्यालयमा खाना चाहिँ बिहानको लन्च मिठो हुन्थ्यो । खाजा चाहिँ लन्च जत्तिकाे हुँदैनथ्याे । शिक्षकहरू पनि धेरै जसो राम्रै  हुनुहुन्थ्याे । 
यसरी नै मेरो पहिलो विद्यालयको सुरुवात पेनउडबाट भएर अहिले कक्षा ११ मा सिफल स्कुलमा पढिरहेकाे छु ।  पेनउडमा पढ्दा  जतिसुकै कठिन परिस्थिति आए  पनि त्यसलाई परास्त गरी अघि बढ्न मैले सिकेकाे छु ।